काठमाडौं महानगरपालिकाको साँचो मोदीलाई बुझाउने तयारी, महानगरभित्र जहिले आउँदा पनि आफैं खोली प्रवेश गर्ने



हाम्रो इकोनोमि

काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार महानगरको कलात्मक साँचोको प्रतिक दिने भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा मोदीलाई मेयर विद्यासुन्दर शाक्यले नागरिक अभिनन्दनका क्रममा ‘काठमाडौंको कलात्मक साँचो’ हस्तान्तरण गर्ने भएका हुन्।

शाक्यले नागरिक अभिनन्दन पत्र वाचन गरी मोदीलाई उक्त पत्र प्रदान गर्नेछन्। साँचो पाएपछि मोदी काठमाडौं महानगरभित्र जहिले आउँदा पनि आफैं खोली प्रवेश गर्न पाउने भन्ने अर्थ लाग्ने महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीले अन्नपूर्णलाई जानकारी दिए। रंगरोगन र सरसफाई गरी चिटिक्क बनाइएको राष्ट्रिय सभागृहमा भारतीय प्रधानमन्त्री मोदी ठिक तीन बजे पुग्नेछन्।

आधा घण्टाअघि नेपालका प्रधानन्यायाधीश दीपकराज जोशी सभागृह पुग्ने कार्यक्रम छ। यसैगरी, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू र राजदूतहरूको सहभागिता हुनेछ। मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र महानगरपालिकाका मेयर शाक्यले स्वागत गर्नेछन्। ४५ मिनेटको कार्यक्रममा प्रधानमन्त्री मोदीले नागरिकलाई सम्बोधन गर्नेछन्। परराष्ट्रमन्त्री ज्ञवालीले मन्तव्य राख्नेछन् भने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले धन्यवाद ज्ञापन गर्नेछन्।

यर शाक्यले सो अवसरमा मोदीलाई नेपालको मौलिक कलाकृति झल्कने उपहार दिनेछन्। स्वागतका लागि महानगरपालिकाले तयार पारेको स्वागत गीत सोही कार्यक्रममा पहिलोपटक बजाइने भएको छ। अन्त्यमा मोदीले महानगरपालिकाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नेछन्। सामूहिक तस्वीरपछि कार्यक्रम सम्पन्न हुनेछ।

मोदीको अभिनन्दनका लागि महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ। महानगरपालिकाका सहप्रवक्ता नमराज ढकालका अनुसार आगमनका लागि सडकहरूको सरसफाई गरिएको छ भने १२ वटा स्वागतद्वार बनाइएका छन्। १० वटा द्वार निजी क्षेत्रले बनाएका छन् भने सडकमा पर्ने आकाशे पुल पनि सम्बन्धित निकायबाटै रंगरोगन गरिएको उनको भनाई छ।

सडक आसपासमा पर्ने भत्किएका र फोहोर पर्खालसमेत रंगाइएका छन्। महानगरपालिकाले यसअघि नेपाल भ्रमणका आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि नागरिक अभिनन्दन गरी काठमाडौंको साँचो बुझाएको थियो। जनप्रतिनिधि नभएको उक्त समयमा प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मुखर्जीलाई महानगरको साँचो हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...