चार वर्ष अघिको मोदीको बाचा , पशुपतिमा २५ करोड सहयोग घोषणा अझै पूरा भएन



हाम्रो इकोनोमि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न जाने भएका छन् । मुक्तिनाथबाट शनिबार बिहान साढे दश बजे प्रधानमन्त्री मोदी पशुपतिनाथ आउने कार्यक्रम छ ।

मोदीले पशुपतिनाथमा गर्ने विशेष पूजा एवं दर्शनको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि पशुपति मन्दिर परिसरमा सरसफाइ गरिनुका साथै स्वागतद्वार पनि निर्माण गरिएको छ ।

 

मोदीले २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

तर, मोदी चार वर्षको अवधिमा तेस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि उक्त सहयोग नेपालले अझैसम्म पाएको छैन । यसअघि भूकम्प पीडितलाई भारतले घोषणा गरेअनुसारको सहयोग पनि नेपालले पाएको छैन ।

‘अर्थमा अड्कियो फाइल’

पशुपति क्षेत्रविकास कोषका तत्कालीन सदस्य सचिव डा. गोविन्द टन्डनले भने नेपालकै कारण मोदीले घोषणा गरेको सहयोग रोकिएको बताए । टन्डनका अनुसार सहयोगसम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले अनुमति दिएको छैन ।

तर पवित्र पाशुपत क्षेत्रमा भारतले बनाइदिएको अत्याधुनिक धर्मशाला भने सम्पन्न हुने अन्तिम चरणमा छ । ‘नेपाल–भारत मैत्री धर्मशाला’ तीनतारे होटलस्तरको हुनेछ । सो धर्मशाला बनाउन पशुपति क्षेत्र विकास कोषले भारतीय पक्षलाई १६ रोपनी जग्गा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...