मोदीलाई हेर्न बिहानैदेखि लाइनमा, अभिनन्दनको पर्खाइमा जनकपुर



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान पटनाबाट सिधै जनकपुर आउनेछन् ।

उनले जानकी मन्दिरमा पूजा गर्नेछन् । लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।

तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।

धनुषाको तारापट्टी सिर्सियाबाट आएका एक बृद्ध विहान ६ बजे नै लाइनमा भेटिए । उनले भने, मोदीलाई हेर्न आएको हुँ, भित्र जान सक्छु कि सक्दिँन थाहा छैन ।’सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए । अभिनन्दन समारोहमा एक लाख मानिस उतार्ने प्रदेश २ को सरकारले घोषणा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी पटनाबाट सिधै जनकपुर आउनेछन् । मोदीको स्वागतका लागि आवश्यक तयारी पुरा भएको छ ।

प्रदेश सरकारको आह्वान अनुसार जनकपुरबासीले घरअगाडि पूजा गरिएको कलश राखेका छन् भने चोकचोकमा मोदीका तस्वीरसहितका गेट बनाइएको छ, ब्यानरहरु टाँगिएको छ ।

विहानैबाट सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको सवारी हुने रुटमा पास भएका बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...