मोदीलाई हेर्न बिहानैदेखि लाइनमा, अभिनन्दनको पर्खाइमा जनकपुर



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान पटनाबाट सिधै जनकपुर आउनेछन् ।

उनले जानकी मन्दिरमा पूजा गर्नेछन् । लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।

तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।

धनुषाको तारापट्टी सिर्सियाबाट आएका एक बृद्ध विहान ६ बजे नै लाइनमा भेटिए । उनले भने, मोदीलाई हेर्न आएको हुँ, भित्र जान सक्छु कि सक्दिँन थाहा छैन ।’सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए । अभिनन्दन समारोहमा एक लाख मानिस उतार्ने प्रदेश २ को सरकारले घोषणा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी पटनाबाट सिधै जनकपुर आउनेछन् । मोदीको स्वागतका लागि आवश्यक तयारी पुरा भएको छ ।

प्रदेश सरकारको आह्वान अनुसार जनकपुरबासीले घरअगाडि पूजा गरिएको कलश राखेका छन् भने चोकचोकमा मोदीका तस्वीरसहितका गेट बनाइएको छ, ब्यानरहरु टाँगिएको छ ।

विहानैबाट सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको सवारी हुने रुटमा पास भएका बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...