यस्तो छ मोदीको भ्रमण तालिका, आज बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । जनकपुरबाट मोदीले भ्रमण सुरु गर्नेछन् । उनी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ समेत जाने कार्यक्रम छ ।

यस्तो छ मोदीको भ्रमण तालिका 

वैशाख २८ गते शुक्रबार:

बिहान ९ः१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९ः३०– जानकी मन्दिरमा पूजा।

१०ः१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

१ः३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

४ः००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

४ः३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

५ः००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६ः००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार:

बिहान ६ः००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

८ः३०– मुक्तिनाथमा पूजा।

१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०ः४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

११ः३०– होटल हायात प्रस्थान।

२ः००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

३ः३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान

मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।जनकपुरबाट काठमाडौं हुँदै मुक्तिनाथ गएर मोदी शनिबार दिउँसो ४ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् ।जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् ।

त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

मोदीको स्वागतमा जनकपुरलाई विशेषरुपले सिंगारिएको छ । सडकलाई कालोपत्रे गरिएको छ भने बिभिन्न स्थानमा मोदीको फोटोसहितका स्वागतद्वार बनाइएको छ । जानकी मन्दिरदेखि बाह्रबिघासम्मको सडकको दुवैतर्फको पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ ।

प्रदेश २ सरकारले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जिल्ला जिल्लाबाट मानिसहरु जनकपुरधाममा ओसार्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ । जानकी मन्दिर र बाह्रबिघाका ठाउँ–ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्