एकोहोरो प्रेमको नशाले डाक्टर यसरी पुगे प्रहरी खोरमा,जबर्जस्ती मन पराएर यातना दिएको युवतीको आरोप



एक चिकित्सकसँगको एकतर्फी प्रेमले बिपी स्मृति अस्पताल बसुन्धरामा कार्यरत डा प्रयन्त्र गोइत दुई सातादेखि प्रहरी हिरासतमा छन्। मन पराएकी चिकित्सक युवतीलाई मेन्सन गर्दै फेसबुकमा फोटो र स्टाटसहरु राख्दा डा गोइत पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ।

यस्तो छ एकतर्फी प्रेमकहानी
डा गोइत चार वर्षअघि सिनामंगलको नोबेल अस्पतालमा काम गर्थे। एक बिरामी युवती उनको वार्डमा आइन्। युवती देख्नेबित्तिकै उनले मन पराए। फर्किएपछि फेसबुकमा नाम सर्च गरे र ती युवतीलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए। तर युवतीले तत्कालै उनको अनुरोध स्विकारिनन्।

पहिलो नजरमै लोभिएका डा गोइतले उनको मोबाइल नम्बर, साथीहरु र घरपरिवारबारे पत्ता लगाए। ‘आई लभ यु’ भन्दै म्यासेज पठाउन थाले। आफ्नो पिछा लाग्न थालेको बुझेपछि युवतीले फोन र म्यासेजको वास्ता गरिनन्। रिप्लाई नआएपछि साथीहरुमार्फत आफूले मन पराएको भनिदिन आग्रह गरे।

यतिसम्म लागिपर्दा पनि युवतीले उनलाई कुनै प्रतिक्रिया पठाइनन्। एकतर्फी प्रेममा ‘फिदा’ भइसकेका डा गोइतले अर्को जुक्ति निकाले, बानेश्वरस्थित उनको घरअगाडि जाने र प्रतीक्षा गर्ने। ‘बिहे गरेर रानी बनाएर राख्ने’ भन्दै म्यासेज पठाए। तर, पनि युवतीको मन पग्लिएन।

डा गोइतले बयानमा भनेका छन्, ‘म उनको घरभित्र गइनँ। घरअगाडि पार्किङमा जाँदा मैले मन्दिरअगाडि मैले दिएको फूल उनको आमाले राम्रो छ भन्दै लिएर गएको देखेर आफूलाई मन पराउने आभास गरेको थिए। उनलाई म भित्रैदेखि मन पराउँथे, दुःख दिने नियत थिएन।’ युवतीले पनि आफूलाई मन पराउने ठानेर उनको फोटो आफ्नो फेसबुकमा कभर बनाएको उनले बताएका छन्।

डा गोइत नेपाल मेडिकल कलेजका फरेन्सिकका विद्यार्थी हुन्। उनले मन पराउने युवतीले पनि त्यहीँबाट एमबिबिएस गरेकी थिइन्। थप अध्ययनका लागि विदेश जान लागेको थाहा पाएपछि उनले बिहे गरेर सँगै जाने प्रस्ताव पनि राखेका थिए। यही प्रस्ताव युवतीकी आमालाई समेत राखे।

पटकपटक बेवास्ता गर्दा पनि पछ्याउन नछाडेपछि युवती आजित भइसकेकी थिइन्। फेसबुकमा समेत आफ्नो फोटो राख्न थालेपछि उनले आफूलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिन बाध्य भइन्। प्रहरीले केही सार्वजनिक अपराध ऐनअनुसार कारबाही अघि बढाएको थियो। तर, प्रमाण हेरेपछि जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा अघि बढाउन निर्देशन दिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।

पक्राउ परेपछि पनि उनले युवतीसँग कुनै गुनासो गरेका छैनन्। सबै घटना विवरण साँचो बताएका छन्।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्