ओलीले एकलौटी गरेको भन्दै प्रचण्ड देउवा संग नजिकिए,आज ओलीलाई घुर्की लगाउने र नयाँ रणनिती बनाउने



नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनबारे सहयात्री दल एमालेसँग पर्याप्त छलफल हुन नसकेको बताएका छन् । प्रचण्ड पछिल्ला दिनमा ओली संग खुसाएका छैनन्,निकटका नेता संग ओलीलाई छोडेर कांग्रेस संग मिलेर सरकार बनाउनु पर्छ जस्तो छ भन्न थाली सकेका छन्। यो बिचमा देउवा संग उनको आधा दर्जन पटक छलफल भएको छ जसमा राजपा र फोरम समेत सामेल छन्।

मंगलबार सिंहदरबारमा बसको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले संसदमा प्रिबजेटको छलफल सुरु हुन लाग्दा समेत सरकारका नेतृत्व गरेको एमालेसँग छलफल हुन नपाएको बताएका हुन् ।

माओवादीका एक सांसदका अनुसार प्रचण्डले संयुक्त घोषणापत्र लिएर चुनावमा गए पनि नीति तथा कार्यक्रम एमालेले एकलौटी ढंगले तयार पारिरहेको गुनासो बैठकमा गरेका छन् ।

बजेट मात्र नभइ सरकार सञ्चालनका अरु विषयमा समेत दुई पार्टीबीच छलफल हुन नसकेको बताएका छन् ।

सांसदहरुले पनि संयुक्त सरकार भए पनि बजेट निर्माणका क्रममा आफ्ना कुरा नसुनिएको भन्दै सांसदहरुले अध्यक्ष दाहाललाई जानकारी गराएको सांसद राम कार्कीले जानकारी दिए ।

प्रधानमन्त्रीसँग आजै कुरा गर्छु
राष्ट्रिय योजना आयोगले ढिलो पूर्णता पाउनु र नीति तथा कार्यक्रम निर्माणमा माओवादीको भूमिका कमजोर भएको सांसदहरुले जानकारी गरएका थिए ।

सांसदहरुको गुनासोपछि अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाबारे प्रधानमन्त्रीसँग आजै छलफल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्