ओलीले एकलौटी गरेको भन्दै प्रचण्ड देउवा संग नजिकिए,आज ओलीलाई घुर्की लगाउने र नयाँ रणनिती बनाउने



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार सञ्चालनबारे सहयात्री दल एमालेसँग पर्याप्त छलफल हुन नसकेको बताएका छन् । प्रचण्ड पछिल्ला दिनमा ओली संग खुसाएका छैनन्,निकटका नेता संग ओलीलाई छोडेर कांग्रेस संग मिलेर सरकार बनाउनु पर्छ जस्तो छ भन्न थाली सकेका छन्। यो बिचमा देउवा संग उनको आधा दर्जन पटक छलफल भएको छ जसमा राजपा र फोरम समेत सामेल छन्।

मंगलबार सिंहदरबारमा बसको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले संसदमा प्रिबजेटको छलफल सुरु हुन लाग्दा समेत सरकारका नेतृत्व गरेको एमालेसँग छलफल हुन नपाएको बताएका हुन् ।

माओवादीका एक सांसदका अनुसार प्रचण्डले संयुक्त घोषणापत्र लिएर चुनावमा गए पनि नीति तथा कार्यक्रम एमालेले एकलौटी ढंगले तयार पारिरहेको गुनासो बैठकमा गरेका छन् ।

बजेट मात्र नभइ सरकार सञ्चालनका अरु विषयमा समेत दुई पार्टीबीच छलफल हुन नसकेको बताएका छन् ।

सांसदहरुले पनि संयुक्त सरकार भए पनि बजेट निर्माणका क्रममा आफ्ना कुरा नसुनिएको भन्दै सांसदहरुले अध्यक्ष दाहाललाई जानकारी गराएको सांसद राम कार्कीले जानकारी दिए ।

प्रधानमन्त्रीसँग आजै कुरा गर्छु
राष्ट्रिय योजना आयोगले ढिलो पूर्णता पाउनु र नीति तथा कार्यक्रम निर्माणमा माओवादीको भूमिका कमजोर भएको सांसदहरुले जानकारी गरएका थिए ।

सांसदहरुको गुनासोपछि अध्यक्ष दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाबारे प्रधानमन्त्रीसँग आजै छलफल गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...