बालुवाटारमा ओलीले रोमान्टिक हुँदै देउवालाई यतिका उमेरमा पनि अझै ईभरग्रिन योङ देखिनुको कारण सोधेपछि



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भनेर डाकिएको बैठकमा नेताहरुको उमेरबारे चर्चा भएको छ । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग मंगलबार परामर्श गर्न लागेको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई के हो अहिलेसम्म पनि योङ देखिनुभएको छ नि ? भनेर सोधेका थिए । तर ओलीको प्रश्नमा देउवा अनुत्तरित बने । उनले खासै वास्ता गरेन ।

ओलीले बडो रोमान्टिक हुँदै यसरी देउवालाई यतिका उमेरमा पनि अझै ईभरग्रिन योङ देखिनुको राज सोधेपछि देउवाको सट्टा प्रचण्डले जवाफ दिएका थिए । प्रचण्डले देउवा हेल्थप्रति निकै कन्सियस रहेको बताउँदै अझै झन योङ देखिनसक्ने बताए । प्रचण्डले त्यति बोलेपछि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकेन्द्रबहादुर चन्दलाई देखाउँदै यतिका उमेरमा पनि तपाई पो सबैभन्दा धेरै योङ देखिनुभएको छ त ? भनेर खुलेरै प्रशंसा गरे ।

पूर्वप्रधानमन्त्री चन्दलेपनि बाबुरामलाई ०५९ साल चैत्र १९ गते रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा नयाँ बानेश्वरमा बाबुरामसँग हात मिलाएको प्रसँग कोट्याएका थिए । हलमा एकछिन हाँसो छाएको थियो । बाबुरामलेपनि त्यतिवेला ऋषि धमलाले आफूहरुवीच भेट गराएर तरँग पैदा गरिदिएको स्मरण गराए ।

स्रोतका अनुसार नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालपनि बडो रोमान्टिक रुपमा प्रस्तुत भएका थिए । देउवाले प्रतिक्रिया नदिँदा उनको बारेमा प्रचण्डले बोल्नुभयो, यो खुशीको कुरा हो भन्दै उनले एकछिन हलमा हँसाएका थिए ।सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...