कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई सिधै सफाया गर्छु भन्दै पड्किए ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने चेतावनी दिए।

उनले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन।’

जनता एकजुट भएका बेला विखण्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अगाडि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए।

‘अब प्रतिगमन र विखण्डनका कुरा गर्नु दिवास्वप्न मात्र हो’, ओलीले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए।

उनले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी धारणालाई समयानुकूल अगाडि बढाउने तयारी गरेको समेत बताए।

‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं’, प्रधानमन्त्री ओलीले भने, ‘दासता नस्विकारेका र पराधीन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ।’

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्