कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई सिधै सफाया गर्छु भन्दै पड्किए ओली



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन्।

राष्ट्रिय सुरक्षा परिषदको १७औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछाडिने चेतावनी दिए।

उनले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन।’

जनता एकजुट भएका बेला विखण्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अगाडि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए।

‘अब प्रतिगमन र विखण्डनका कुरा गर्नु दिवास्वप्न मात्र हो’, ओलीले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं।’

राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए।

उनले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी धारणालाई समयानुकूल अगाडि बढाउने तयारी गरेको समेत बताए।

‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं’, प्रधानमन्त्री ओलीले भने, ‘दासता नस्विकारेका र पराधीन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ।’

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...