राणाका ज्वाईले कांग्रेसमा राणा शासन लगाएको भन्दै देउवालाई काँजो लगाउने पौडेल पक्षको यस्तो तयारी



हाम्रो इकोनोमि

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो । ‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।’

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो ।

पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री कोइरालाले भने बैठकमा सहभागी भएरै समर्थन जनाएका थिए । ‘संसदीय दलको निर्वाचनमा प्रकाशमानलाई मत दिएको भनेपछि हामी विश्वासमा थियौं तर पदाधिकारी बैठकमा सबैले देख्ने गरी समर्थन गरेपछि महामन्त्रीको भूमिकालाई अब कसरी लिने ?’ बैठकमा सहभागी एक नेताले प्रश्न गरे, ‘महामन्त्री सभापतिकै पक्षमा उभिने हो भने हामी त्यही ढंगले अघि बढ्नुपर्छ ।’ बैठकमा सहभागी नेता केसीले सभापति देउवाको कार्यशैली विधान र सहमतिविपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...