सुन काण्डमा फसेका सईले दिए यस्तो बयान-एसएसपी खत्री सोध्थे, ‘युवतीहरुसँग गोप्य कुरा गर्न केमा सजिलो?’



३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २९ जनाले दिएका बयानहरु अहिले सार्वजनिक भइरहेका छन्। घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमाम गठिन विषेष समितिले अनुसन्धानका क्रममा थुप्रैसँग बयान लिएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाका नायब निरीक्षक गजेन्द्र रावललाई पनि हेडक्वार्टर तानेर बयान लिईएको थियो। तर पछि घटनामा उनको सम्बन्ध नरहेको भन्दै महाशाखा फिर्ता पठायो। समितीसँग सई रावलले दिएको बयान यस्तो छ–

आज भन्दा २ बर्ष अगाडि एसएसपी श्याम खत्रीले मलाई फोन गरी  नायब निरीक्षक-सई बालकृष्ण सन्जेल तिमीसँग तिम्रो अफिसमा काम गर्ने केटा हो? भनी सोध्नु भयो। सोही जबाफमा मैले सन्जेल हाम्रो पिल्लर ४ मा काम गर्ने भाइ हो भनि फोनबाट जबाफ दिको हुँ। त्यही कुराकानीमा  वरिष्ठ उपरिक्षक – एसएसपी श्याम खत्रीले  सई सन्जेलले मेरो भान्जोलाई गोली हान्छु भनेको छ रे, सन्जेललाई तिमीले एक पटक सम्झाई देउ भन्नु भएकोले मैले  सन्जेललाई हाम्रो अफिस टेकुमा भेटेर एसएसपी खत्रीको भान्जालाई तिमीले किन गोली हान्छु भनेको हो? त्यस्तो गोली हान्ने काम नगर भनी मैले सन्जेललाई सम्झाएको थिएँ।

मलाई एसएसपी  खत्रीले फोन गर्नु भएको थियो। फोनमा कुरा गर्दा मेरो भान्जा भन्नु भएको थियो। त्यो भान्जा को थियो ? के थियो भन्ने बारेमा मलाई कुनै जानकारी थिएन। भान्जा भनेको गोरे भन्ने चुडामणि उप्रेती हो भन्ने मलाई थाहा थिएन। मलाई गोरे भन्ने चुडामणि उप्रेतीले फोन गरेको हो, गोरे भन्ने चुडामणि उप्रेतीलाई चिन्दिन। मैले  सन्जेलसँग गोरेलाई चिनजान गराएको होइन र २ बर्ष अगाडी एसएसपी खत्रीले मलाई पटक पटक फोन गरी भेट गर्न बाजेको सेकुवा कर्नर पुरानो बानेश्वरमा बोलाएकोले म भेट्न बानेश्वर गएँ।

सन्जेललाई बोलाउन भनी एसएसपी खत्री सरले भनेकोले मैले सन्जेललाई बोलाएको हुँ। उक्त ठाउँमा एसएसपी खत्री सरले सन्जेललाई भान्जालाई केही नगर भन्नु भयो र सन्जेल त्यहाँ बाट १० मिनेट मै निस्कियो। त्यसको १० मिनेटमा म पनि निस्किएँ र एसएसपी खत्री सर एक्लै रक्सी खाएर वस्नु भयो। सन्जेलले बयान गर्दा गोरेलाई मैले चिनाएको भनी लेखीएको व्यहोरा गलत छ।

म कार्यरत कार्यालयका तत्कालीन कार्यालय प्रमुख एसएसपी दिनेश अमात्यको कार्यकालमा हाम्रो पिल्लर नं.४ का पिल्लर प्रमुख नायब उपरिक्षक- डीएसपी अजय केसीले मसमेतलाई  सन्जेलले सुनको सूचना ल्याएको छ, उ त्यही सिनामंगलमा छ, तुरुन्त सिनामंगल जानु पर्‍यो गाडीमा बस भनी डीएसपी अजय केसी सरले भनेकोले उहाँसमेत भएर म, सई  बिक्रम बाबु जोसी, सई राजेन्द्र थापा, जनक गिरी र जवान मेष बहादुर राना भई बानेश्वर तिनकुने गयौं।

त्यस पश्चात डीएसपी केसी सरले मलाई सन्जेल भएको ठाउँमा जाउँ म गाडीमै बस्छु भन्नुभयो। उहाँले जवान मेष बहादुर राना मोटरसाइकल लिएर तीनकुने मन्दिर नजिक बस्छ, सुनको गाडी कताबाट आउँछ र कता तिर जान्छ तुरुन्त खबर गर्नु, हाम्रो गाडी सुन भएको गाडी नजिक पुगेपछि सुन समात्नुपर्छ भन्नुभयो।  आदेशअनुसार म सन्जेल भएको ठाउँ सिनामंगल पुगेँ। सिनामंगल पुग्दा सन्जेल र अर्को मानिस थिए।  सन्जेलले त्यो मानिस गोरे भान्जा भनी चिनजान गराए।

हामी त्यही बस्दा बस्दै गोरे भान्जाले सुन भएको गाडी भन्सारको कार्गोतिरबाट आउँदै छ भनी म र सन्जेललाई एक एक वटा साम्सुङ कम्पनीको सेतो सादा सामान्य मोबाइल सेट दियो। हामी त्यही ठाउँमा वस्दा वस्दै उक्त गोरे भान्जाको मोबाइलमा सुन बोकेको गाडी हिँड्यो भनी गाडी नम्बर टिपायो।  मैले तत्कालै डीएसपी केसी सरलाई उक्त नम्बर टिपाएँ र सुन बोकेको गाडी गौशालातर्फ जाँदै छ तपाईँहरु तुरुन्त आउनुहोस, म र सन्जेल गाडीमा छौं भनेँ।

म र सन्जेल त्यही गोरे भान्जाको गाडीमा चढेर सुन भएको गाडी फलो गर्यौं। तिलगंगा पुग्दा डीएसपी केसी सर भएको गाडी पनि आइपुग्यो र हामीले सुराकी अनुसारको २ केजी सुन हुन्छ भनेको सूचना अनुसार २ केजी सुन नभएको तर हामीले २ केजीभन्दा कम डेढ केजीभन्दा बढी सुनसहित गाडी र मानिस नियन्त्रणमा लियाैं। त्यसपछि  हामी अफिसतिर गयौं। हामी अफिस पुगेको बेलुका उक्त मोबाइल दिएको कुरा  डीएसपी केसी सरलाई जानकारी गराएको हो ।

उक्त मोबाइल कार्यालयको काममा प्रयोग गरेको हो। त्यसको केही दिनमा गोरेले हुन्डीको सुचना सन्जेलमार्फत डीएसपी केसी र मलाई दिएकोले डीएसपी केसीको कमान्डमा हाम्रो अफिसबाट गाडीमा चढी कमलपोखरी गयौं। मलाई सरले सन्जेललाई भेट्न जाउ, हामी यही बस्छौँ भनेकोले म संन्जेललाई भेट्न कमलपोखरी नजिकै रहेको सिटी सेन्टर अगाडि गएँ।  मेरो र सन्जेलको भेट भयो । त्यसको केही मिनेटमा गोरे भान्जा आयो र म अनि संन्जेललाई गोरे भान्जाले सिटी सेन्टर महलको तेस्रो तलामा लगी हुन्डी हुने घर त्यहाँबाट देखाउन खोज्यो तर उक्त ठाउँबाट हुन्डी हुने घर नदेखिएकोले गोरे भान्जाले हामीलाई उसको गाडीमा राखी हुन्डी हुने घर भगवतीबहाल लगी देखायो र आफू फर्कियो।

म र सन्जेल डीएसपी सर भएको ठाउँमा आएर रिपोर्ट गरी सरलाई हुन्डी हुने घर देखाउन लग्यौं र देखायौं। केही समय हुन्डी हुने घर वरीपरी बसी त्यो दिन कारोबार नभएकोले हामी अफिस फर्कियौँ। २ बर्ष अगाडी एसएसपी श्याम खत्रीले केटीहरुसँग गोप्य रुपमा कुराकानी गर्ने कुनमा ठिक हुन्छ भनि मलाई सोध्दा मैले उहाँलाई भाईबर, फेसबुक भन्दा अहिले निस्केको डिङ टोन एप्लिकेसन राम्रो हुन्छ भनी बताएको थिएँ। एसएसपी  खत्री सरले २ बर्ष अगाडी कहिले काहिँ मोबाइल फोनहरुको लोकेसन माग्नु हुन्थ्यो तर मैले उहाँलाई मोबाइलका लोकेसन उपलब्ध गराएको छैन।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्