प्रचण्डले पार्टी एकता नगरे नेपालै नरहने यस्तो डरलाग्दो खुराफात सुनाए



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकता नभए देश गम्भीर राजनीतिक भुँवरीमा पर्ने खतरा औंल्याएका छन्।

कार्ल मार्क्स जन्म दुई शतवार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता ढिलो गर्न नहुने बताए।
समाजवादको आधार तयार गर्न अब कम्युनिस्टहरु एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो। पार्टी एकीकरणको प्रसंग उल्लेख गर्दा उनले एउटा गम्भीर प्रसंग उठाए। अध्यक्ष दाहालले एकजना पश्चिमा विद्वानको भनाइ स्मरण गर्दै पार्टी एकीकरण ढिलाई गरे देशको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरे।

‘अब ढिलो गर्याे भने म के देख्छु भने विगत ७० वर्षदेखि नेपाल अराजकताको भूँवरीमा पर्याे फेरि त्यही भुँवरीमा पर्ने खतरा छ’, उनले भने, ‘एकजना विद्वानले नेपालको अस्तित्व समाप्त हुन्छ भनेका थिए। नेपालको अस्तित्व नै राज्य नै विलोप हुन हुनसक्ने खतरातिर छ है भनेका थिए।’

ती विद्वान को हुन् र उनले कुन प्रसंगमा त्याे उल्लेख गरेका हुन् भन्ने खुलाएनन्। नेपाल राज्यलाई लोप हुन नदिन कम्युनिस्ट एकता हुनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...