यातायात बन्दको प्रभाव देशैभरि, यात्रुको बिजोग, टिकट काउन्टर पनि बन्द



सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । गोंगबुस्थित नयाँबसपार्कको पार्किङ क्षेत्रमा गाडीहरु थन्काइएको छ ।टिकट काउन्टर बन्द छन् । गन्तव्यमा प्रस्थान गर्नुअघि बस राखिने ट्राकहरु सुनसान छन् । गाडी नपाएर यात्रुहरु अलपत्र परेका छन् ।

बुटवल पनि ठप्प

रुपन्देहीस्थित अनलाइनखबरकर्मी कपिल ज्ञवालीका अनुसार, रुपन्देही पनि बन्दले प्रभावित भएको छ । सवारी नचल्दा सर्वसाधारण यात्रु समस्यामा परेका छन् ।प्रदेश ५ को राजधानी बटवलमा पनि बन्दको प्रभाव परेको छ । सडकहरु र बसपार्कसमेत सुनसान देखिएका छन् । यातायात व्यवसायीको हड्तालको प्रभाव प्रदेश नंं ५ का जिल्लाहरुमा पनि परेको छ ।प्रदेश ५ को अस्थायी राजधानी बुटवलस्थित लुम्बिनी बस टर्मिटनलबाट प्रदेश ५ का १२ वटै जिल्लामा सवारी साधन छुट्ने गरेकामा हड्तालका कारण यातायात व्यवसायीका संघ/समितिहरुले बस/जीप चलाएका छैनन् । सधैं व्यस्त र भरिभराउ हुने बुटवल बसपार्क सुनसान छ । टिकट काउन्टर पनि बन्द छ । बसपार्कमा यात्रुहरु अलपत्र छन् ।

बस टर्मिनलभित्र रहेका पश्चिम नेपाल बस व्यवसायी संघ, सिद्धार्थ यातायात, बुटवल यातायात, गुल्मी यातायात, सुपा देउराली यातायात लगायतका बस तथा जीप समितिले आफ्ना टिकट काउन्टरहरु बन्द गरेर बसपार्क खाली गराएका छन् । बुटवलको नयाँ बसपार्कमा एउटा पनि सवारी साधन छैनन् ।पाल्पाको श्रीनगर बस समितिले पनि बस चलाएको छैन । २४ सय बस रहेको पश्चिम नेपाल बस व्यवसायी संघले प्रदेश ५ का सबै जिल्लामा बस सञ्चालन गरिरहेको थियो भने अन्य समितिले जिल्ला-जिल्लामा चलाइरहेका थिए ।बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् । कक्षा १२ को परीक्षार्थीहरु बढी प्रभावित छन् ।

धनगढीमा पनि सार्वजनिक सवारी चलेनन्

धनगढीमा  पनि सार्वजनिक सवारी नचल्दा सडक सुनसान देखिएको छ । पश्चिमदेखि पूर्वसम्मका शहरहरुमा सिण्डिकेटका पक्षधरहरुको बन्दको प्रभाव परेको छ ।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन्

पश्चिम नेपाल बस व्यवसायी संघले वैशाख २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले   विहीबार सरकारसंँग वार्ता गरे पनि सहमतिमा पुग्न नसकेकाले आन्दोलनलाई निरन्तरता दिइने पश्चिम नेपालका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निणर्चय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् । सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन् ।

प्रदेश १ पनि प्रभावित

यातायात व्यवसायी संघ, समितिको बन्दको प्रभाव प्रदेश १ का जिल्लाहरुमा परेको छ ।क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीका अनुसार प्रदेश १ का मुख्य राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक सवारी साधन न्यून चलेका छन् । यद्यपि, निजी सवारी भने चलिरहेका छन् ।सार्वजनिक सवारी नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ