३३ किलो सुन काण्डको अनुसन्धान गर्ने हाकिम नै काण्डमा तानिए,खोरमा जाकेर थालियो पाता कस्न



हाम्रो इकोनोमि

३३ किलो सुनकाण्डमा कतै प्रहरीहरुलाई फसाएर मुख्य अभियुक्तलाई उम्काउने दाउ त पर्दापछाडिबाट चलिरहेको छैन ? शंका गर्ने ठाँउ झन भन्दा झन मौलाउदै गएको छ । मुख्य अभियुक्तहरु अझैंसम्म फरार रहनु र प्रहरीहरु एक पछाडि अर्काे समातिनुको रहस्य विस्तारै खुल्दै जाला ।

एक पछाडि अर्काे प्रहरीहरु साढे ३३ किलो सुन प्रकरणमा पक्राउ पर्ने क्रम बढिरहँदा ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी गरेकै दिन एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन् । बयानका लागि मंगलबार विराटनगर पुगेका लोहनीको बयान चिक्तबुझ्दो नभएपछि उनलाई पक्राउ गरिएको हो । सुन प्रकरणमै सनम शाक्यको हत्या भइसकेको छ । त्यो घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखका एसएसपी दिवेश लोहनीले टोली विराटनगर पठाएका थिए ।

३३ किलो सुन गोरे भनिने चूडामणि उप्रेतीको भएको अनुसन्धान समितिले निष्कर्ष निकाल्दै उनीविरुद्ध रेडकर्नर जारी समेत गरिसकेको छ । यसअघि अपराध महाशाखाकै डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसहित पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् । स्रोतका अनुसार लोहनीलाई अनुसन्धानका लागि म्यादसमेत लिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...