३३ किलो सुन काण्डको अनुसन्धान गर्ने हाकिम नै काण्डमा तानिए,खोरमा जाकेर थालियो पाता कस्न



हाम्रो इकोनोमि

३३ किलो सुनकाण्डमा कतै प्रहरीहरुलाई फसाएर मुख्य अभियुक्तलाई उम्काउने दाउ त पर्दापछाडिबाट चलिरहेको छैन ? शंका गर्ने ठाँउ झन भन्दा झन मौलाउदै गएको छ । मुख्य अभियुक्तहरु अझैंसम्म फरार रहनु र प्रहरीहरु एक पछाडि अर्काे समातिनुको रहस्य विस्तारै खुल्दै जाला ।

एक पछाडि अर्काे प्रहरीहरु साढे ३३ किलो सुन प्रकरणमा पक्राउ पर्ने क्रम बढिरहँदा ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी गरेकै दिन एसएसपी दिवेश लोहनी पनि पक्राउ परेका छन् । बयानका लागि मंगलबार विराटनगर पुगेका लोहनीको बयान चिक्तबुझ्दो नभएपछि उनलाई पक्राउ गरिएको हो । सुन प्रकरणमै सनम शाक्यको हत्या भइसकेको छ । त्यो घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखका एसएसपी दिवेश लोहनीले टोली विराटनगर पठाएका थिए ।

३३ किलो सुन गोरे भनिने चूडामणि उप्रेतीको भएको अनुसन्धान समितिले निष्कर्ष निकाल्दै उनीविरुद्ध रेडकर्नर जारी समेत गरिसकेको छ । यसअघि अपराध महाशाखाकै डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् । पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनालसहित पक्राउ पर्ने लोहनी सातौं प्रहरी अधिकारी हुन् । स्रोतका अनुसार लोहनीलाई अनुसन्धानका लागि म्यादसमेत लिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...