कांग्रेसलाई पेलेर तेल निकाल्ने गरी यस्तो बनाइने भयो संसदको कानुन,कांग्रेसले गर्यो बिरोध



हाम्रो इकोनोमि

संघीय संसदको नियमावलीलाई बुधबार अन्तिम रुपमा दिइने भएको छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको नियमावली मस्यौदा समितिमा सहमति जुट्न बाँकी केही विषयलाई मतदानको प्रक्रियाबाट छिनोफोनो गर्दै नियमावलीलाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

मस्यौदा समितिका सदस्य रामविर मानन्धरका अनुसार फौजदारी अभियोग लागेको सांसद तत्काल निलम्बन हुने किन हुने र संसदीय समितिको संख्यामा सहमति जुट्न बाँकी छ ।

एमाले फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बन हुनुपर्ने अडानमा छ भने कांग्रेस, राजपा र फोरम फौजदारी अभियोग अदालतबाट प्रमाणित भएपछि मात्र निलम्बन हुनुपर्ने बताउँदै आएको छ ।

माओवादी केन्द्र भने यो विषयम मौन जस्तै देखिएको छ । अघिल्लो संसदको नियमावलीमा फौजदारी अभियोग लाग्ने वित्तिकै सांसद निलम्बित हुने व्यवस्था थियो । प्रतिनिधिसभामा संसदीय समितिको संख्याबारे यसअघि दशवटा समिति राख्नेबारे सहमति जुटे पनि कांग्रेसले सातवटामा सीमित गर्नुपर्ने बताउँदै आएको छ ।

मस्यौदा समितिका सदस्य मानन्धरका अनुसार बुधबार दिउँसो १ बजे बस्ने दुवै मस्यौदा समितिको संयुक्त बैठकमा सहमतिको अन्तिम कसरत गर्ने नभए बहुमतीय प्रक्रियाबाट छिनोफानो गर्ने बताए ।

संसदको अधिवेशन २३ गतेदेखि सुरु हुुने भएकाले त्यसअघि नै नियमावलीलाई अन्तिम रुप दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...