प्रचण्ड संग तिघ्रा जोडेर नाचेकी रेखा थापाले आफु प्रधानमन्त्री बन्ने यसरी सुनाईन यस्तो रोचक कुरा



नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
“लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।”

कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरेकी छिन् ।

“म जस्ता धेरै नारीहरु छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।” उनले भनिन् ।

पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।”प्रचण्ड संग तिघ्रा जोडेर नाच्दै चर्चामा आएकी रेखा घमण्डी नायिकाका रुपमा परिचित छिन।

जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरुको सिद्धान्त हेरेर नजिक भएपनि ति सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ ।

“कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।” उनले भनिन् ।
आफूले पार्टी परिवर्तन गर्नु सामान्य भएको भन्दै उनले आफूले देश परिवर्तन नगरेको तर्क पेश गरिन् ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ