राजधानीमै उपमेयरलाई श्रीमानले गोरु चुटाइ चुटे,उपमेयर श्रीमतीको आँखामा गम्भीर चोट,श्रीमान जेलमा



हाम्रो इकोनोमि

उपमेयर नै घरेलु हिंसाको शिकार भएकी छिन् । श्रीमानको  कुटाईबाट उपमेयर नै गभ्भीर घाइते भएकी हुन् । घरायसी कुरामा  विवाद हुँदा उपमेयरमाथि श्रीमानले घरेलु हिंसा गरेका हुन् ।

श्रीमानको कुटाईबाट यसरी गभ्भीर घाइते बनेकी उपमेयर हुन मुना अधिकारी । उनका श्रीमान हुन ध्रुव कुँवर । हिजो राती उनको श्रीमानले घरायसी विषयमा विवाद हुँदा कुटपिट गरेको बताइएको छ । स्थानीयवासीहरुको अनुसार,घरायसी काममा विवाद भएपछि उनको श्रीमान्ले गभ्भीर रुपमा कुटपिट गरेका थिए ।

श्रीमानको कुटाईबाट उपमेयर मुनाको  आँखामा गम्भीर चोट लागेको छ । यस्का अलवा उनको शरिरभरी  निलडाम देखिएको प्रहरीको भनाई छ  । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेको छ । वाँडेगाँउ प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ । स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काग्रेसबाट उपप्रमुख बनेर अधिकारिले चुनाव जितेकी हुन ।
प्रहरी स्रोतका अनुसार धु्रव कुँवरले भने उपमेयर मुनामाथि निर्घात कुटपिट गरेको नभई घरायसी विषयमा विवाद हुँदा  तीन झापड हानेको वयान दिएका छन् ।

स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन मिलाउनु पर्ने जिम्मेवारी समेत पाएकी गोदावरी नगरपालिकाको उपमेयरमाथि श्रीमानबाट भएको हमलाको विषय अहिले प्रहरीसम्म पुगेको छ । र प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...