ओली सरकारले चीनलाई उपहार दिने गैडालाई आमा बाट छुटाउन यस्तो पर्यो सकस,आमा गैडा विक्षिप्त



सरकारले चीन सरकारलाई उपहार दिन लागेका गैंडामध्ये एउटा पोथी गैंडा माउसँग कठिनतापूर्वक छुट्याएर आज नियन्त्रणमा लिइएको छ।

सरकारले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिन लागेको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जको सुखीभारबाट अन्दाजी दुई वर्षको गैंडा नियन्त्रणमा लिइएको हो। सो गैंडालाई आजै कसरामा रहेको पिट बुमा (काठको खोर)मा ल्याएर राखिने उनले बताए।

बच्चा गैंडा आमासँगै रहने भएकाले नियन्त्रण गर्न निकै कठिन भएको प्रमुख ढकालले बताए। गैडालाई छुटाए पछी आमा गैडाले गह भरी आशु पारेको कर्मचारीले बताए। गैंडाको बच्चा तीन चार वर्षसम्म माउसँगै रहने गर्दछ। सानो हुने हुँदा घाँसले ढाक्ने र वरिपरि मानिस र हात्ती पुगे लगत्तै भाग्ने हुँदा लिंग पहिचान गर्न कठिन भएकाले पनि नियन्त्रणमा लिन लामो समय लागेको उनले बताए।

यसअघि वैशाख १५ गते निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट एउटा भाले गैंडाको बच्चा नियन्त्रणमा लिइएको थियो।

वैशाख ७ गतेबाट निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो। गैँडालाई शुक्रबारबाट नियन्त्रणमा लिने प्रयास गरिएको हो । गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनिया प्रतिनिधिसँगै रहेका छन्।

अर्को एक गैंडाको भाले बच्चा सौराहामा नै रहेको छ। सो बच्चालाई बाढीले बगाएको अवस्थामा त्रिवेणीबाट उद्धार गरी ल्याइएको हो । सो बच्चालाई हाल राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षण गरी राखिएको छ । सो गैंडा करिब एक वर्षको छ । चीन पठाउने दुई जोडी गैंडामध्ये अब एक पोथी गैंडा नियन्त्रण गरिने प्रमुख ढकालले जानकारी दिए।

नियन्त्रणमा लिइएका गैंडालाई सौराहामा रहेको पिट बुमा (खोर) मा राखिनेछ । केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिनेछ । करिब तीन महिना बुमामा राखेपछि गैंडालाई जहाजमा राखी चीन पठाइनेछ।

प्रतिक्रिया दिनुहोस
भीम उपाध्यायले आफ्नो चरित्रहत्या गर्न खोजेको लेखराज भट्टको आरोप

    नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टले पूर्वसचिव भीम उपाध्यायले नशा

एमालेमा १० बुँदे, पूर्वमाओवादी जस्ता समूह छैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरु

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात

    सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ

लेखराज भट्टले एमाले छोडेको हल्ला

  नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विचार र सिद्धान्तमा