ओलीलाई चक्मा दिने गरी प्रचण्डले उठाए यस्तो कदम,२२ गते राजनीतिमा उल्का हुने यस्तो तयारी



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख २२ गते नै एकता हुने खुलासा गरेका छन् ।

यसको लागि आफूहरुबीच निरन्तर कुराकानी भइरहेको बताएका छन् । यद्धपी लेनिन दिवसको अवसरमा काठमाडौंमा आयोजित एमाले–माओवादी एकता संयोजन समितिको संयुक्त सम्बोधन गर्ने कार्यक्रममा उनले मिति तोकेर एकता गर्दा देशी तथा विदेशी शक्तिले भाँड्ने बताएका थिए ।

उनले एकता मिति तोकेर भन्दापनि ड्याम्मै एकता गरेर सबैलाई चकित तुल्याउने बताएका थिए ।
यसरी सम्बोधन गरेको दश दिन नबित्दै उनले कार्लमाक्र्स जन्म द्वीशतवार्षिकीको अवसरमा आगामी बैशाख २२ गते नै एकताको घोषणा गर्नेगरी छलफल भइरहेको उद्धघोष गरेका हुन ।

मजदूर दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मजदूरको हकहितका लागि आफू सँदैव लडिरहने पनि बताए । निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको समेत प्रचण्डले बताए ।

उनले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भने, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’

नेपाली जनताको आशा र भरोसा अनुसारको काम गरेर अब स्थिरता, विकास, समृद्धि र समुन्नति व्यवहारद्वारा सिद्ध गर्ने अवसर आफूहरुलाई रहेको उनको भनाई थियो ।

आफूहरुको एकता अब विश्व कम्युनिष्टहरुको सम्पत्ति भैसकेको बताए । उनले भने,‘एमाले–माओवादीबीचको एकता अब हाम्रोमात्रै होईन, विश्वकै कम्युनष्टिहरुको साझा सम्पत्ति भैसक्यो ।’

एकता गरेर अघि बढ्ने बताउँदै उनले आफूहरुलाई ईतिहाँसमा यस्तो अवसर मिलेको बताए । उनलेभ ने,‘ओलीजी, खनालजी र नेपालजी र हामी सबै लिडरहरुलई ऐतिहाँसिक अवसर जुर्यो, अब एकता गरेर विश्वलाई नै सन्देश दिन्छौं।’

उनले अघि थपे,‘हामी अब छाती चौडा गरेर भन्न सक्छौं, नेपालबाट हामी विश्वमै एउटा नयाँ सन्देश दिएर आउँदैछौं । समाजवादको एउटा नयाँ आधार दिनेगरि आएका छौं।’

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...