यस कारण सर्वोच्च अदालतमा सोमबार दिनभर पूजा र हवन गरियो,घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र जोडियो



हाम्रो इकोनोमि

सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए। तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो। बुद्ध जयन्तीको दिन पनि सर्वोच्च खुला गरिनुको कारण थियो, श्रीयन्त्र प्रतिस्थापनका लागि पूजा अर्चना।

सर्वोच्चको पुरानो भवनको भुइँतलामा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहित सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीले दिनभर नै पूजा गरे । पशुपतिनाथबाट ल्याइएको तामा र पित्तल मिसिएको श्रीयन्त्रको प्रतिस्थापनका लागि प्रधानन्यायाधीश जोशीको सक्रियतामा हवन गरिएको सर्वोच्च प्रशासनको भनाइ छ ।

हिन्दू धर्ममा श्री लेखिएको यन्त्रलाई भगवान शिवको तेस्रो आँखा मानिन्छ । न्याय क्षेत्रमा श्री यन्त्रलाई सत्य, न्याय र शान्तिको प्रतिकको रुपमा लिने गरिन्छ । न्यायको जगेर्ना र न्यापालिकको संरक्षणका लागि कामु प्रधानन्यायाधीश जोशीले विशेष पूजा अर्चना गरेर सर्वोच्चमा श्री यन्त्र स्थापित गरेका हुन् ।

नेपालमा २००८ सालमा प्रधानन्यायालको स्थापनापछि तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले रानीपोखरीमा रहेको अदालतमा श्रीयन्त्र स्थापित गरेका थिए । यो हनुमान ढोकामा रहको मल्लकालीन अदालत इटाचपली र लोटलिङको अभ्यासको निरन्तरता थियो ।

रानी पोखरीबाट रामशाहपथमा सर्वोच्च अदालत सरे पनि श्रीयन्त्रको स्थापना र पुजा अर्चना हुँदै आएको थियो । २०३८ सालमा नयनबहादुर खत्री प्रधानन्यायाधीश भएकाले बेला मर्मत सम्भारका क्रममा श्रीयन्त्र झिकिए पनि प्रतिस्थापन हुन सकेको थिएन ।

पछिल्लो समय न्यायालयको चौतर्फी आलोचना भइरहेका बेला कामु प्रधानन्यायाधीशले न्यायको जगेर्ना र अदालतको सम्मानका लागि श्रीयन्त्र प्रस्थापन गराएका हुन् ।

श्रीयन्त्रलाई साक्षी राखेर काम गर्दा घुुस खान नहुने, अनैतिक काम गर्न नहुने गरे आफूलाई मात्र नभइ सन्तानलाई समेत नास गर्ने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...