सुन काण्डका यी हुन् ठुला माछा,आइजीपी सर्वेन्द्र खनालले क-कस्लाई बर्साउने भए गोर्खे लौरी



तत्कालीन आईजीपी प्रकाश अर्यालको नेतृत्व भ्रष्ट हुँदा नेपाल प्रहरी बदनाम भएको छ । दरबारमार्गको सामूहिक बलात्कार काण्डदेखि सुनसरीको बलात्कारमा मिलापत्र हुँदै अहिले सुन तस्करी प्रकरणसम्म प्रहरी अधिकारीहरु मुछिएका छन् । जसले गर्दा प्रहरीभित्रै धेरै अपराधकर्ममा संलग्न व्यक्तिहरु रहेको देखाएको छ ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानको पहिलो चरण प्रहरीले सकाएको छ । तर, दोस्रो चरणको अनुसन्धानमा थप प्रहरी अधिकारीहरुसमेत पर्ने देखिएको छ ।

प्रहरीले शाक्य हत्यामा संलग्न भएका प्रहरीहरुलाई मात्र अहिले पक्राउ गरेको हो । विमानस्थलबाट ६ वर्षदेखि भइरहेको सुन तस्करी प्रकरणमा संलग्न थप प्रहरी तथा एयरलाइन्सका कर्मचारीहरुमाथि अर्काे चरणमा अनुसन्धान हुने छानबिन समितिका एक अधिकारीले बताएका छन् ।

दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकृत मात्र होइन, तिनलाई राजनीतिक संरक्षण दिने नेता, कार्यकर्ता पनि अनुसन्धानको घेरामा आउने स्रोतको दाबी छ ।

यस घटनाले शेरबहादुर देउवाले प्रहरी आईजीमा खेलेको भूमिका पनि सुन काण्डमा जोडिने अनुमान गरिएको छ । जयबहादुर चन्दलाई आईजी बनाउनेदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ताको सिलसिलालाई पनि सुन काण्डको रहस्यसँग जोडेर हेरिन थालिएको छ ।

देशमा सुशासन कायम गर्ने ओलीको बचनबद्धताको अग्निपरीक्षा पनि यही अनुसन्धानबाट प्रारम्भ हुने छ । किनभने सुन काण्डमा ठूला माछा पर्ने सम्भावना बढेको छ ।

३३ किलो सुन तस्करी र शाक्य हत्या अनुसन्धानमा छानबिन समितिले ६ प्रहरी अधिकारीलाई हिरासतमा लिइसकेको छ । पूर्वडिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत, सइ बालकृष्ण सञ्जेल र जवान बिष्णु खड्का पक्राउ परेका छन् । एसएसपी श्याम खत्री फरार छन् ।

स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा धेरै प्रहरी अधिकारीहरु फस्ने सम्भावना छ । सुन तस्करका नाइके चुडामणि उप्रेतीको पूर्व आईजिपीहरु प्रकाश अर्याल र उपेन्द्रकान्त अर्यालसँग निकट सम्बन्ध थियो ।

सोही आधारमा प्रकाश अर्याललाई नै फोन गरी उप्रेतीले शाक्य हत्या मिलाउने प्रयास गरेका थिए । अर्यालसँग उप्रेतीको दुईतर्फी सम्पर्क नै देखिएको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा पनि सेटिङमै हुँदै आएको छ ।

त्यस्तै विमानस्थलमा काम गरेका अन्य प्रहरी अधिकारीहरुसँग समेत उप्रेतीको सम्बन्ध देखिएको र दोस्रो चरणको अनुसन्धानमा ती प्रहरी अधिकारीहरुलाई तान्ने तयारी भइरहेको छ ।

​रोकिएनन् प्रहरीमा काण्ड

देशभरिका प्रहरी कार्यालयमा यतिबेला काण्डै काण्ड मच्चिएको छ । सर्लाहीको इप्रका हरिपुरका इन्सपेक्टर अनिल ठकुरीले बलात्कार मुद्दा मिलाउने प्रयास गरेको अडियो सार्वजनिक भएपछि छानबिन थालिएको छ ।

बीरगञ्जमा घुस बाँडेर लिएको भिडियो सार्वजनिक भएपनि केही प्रहरीहरुलाई गणमा थुनामा राखेर कारबाही अघि बढाइएको छ ।

इप्रका इनरुवाका सबै प्रहरी सरुवा गरी कारबाही अघि बढाइएको छ । पर्साका अन्य ३ वटा घटनामा प्रहरीमाथि छानबिन भइरहेको छ । कतिपय घटनामा एसपी गणेश रेग्मी नै संलग्न रहेको स्रोत बताउँछ ।

हरेक जसो जिल्लामा बर्दीको आवरणमा अपराधमा संलग्न प्रहरीहरु छन् । त्यस्ता बर्दीधारा अपराधीलाई नियन्त्रण गर्न प्रहरी नेतृत्व र गृह मन्त्रालय निकै कडा हुनु जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्