३३ किलो सुन काण्डका मतियार सबैको यस्तो छ एकै बयान, ‘सई संञ्जेलको ब्रिफिङले डुबायो’



केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान अन्त्य भएको छ।

सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सरकारी वकिलको कार्यालयमा प्रहरीको अनुसन्धान मिसिल बुझाएको हो। प्रहरीको अनुसन्धानमा चित्त बुझे वा कुनै रायसल्लाह दिनु पर्ने भए सरकारी वकिलको कार्यालयले दिनेछ। प्रहरीको अनुसन्धान प्रभावकारी देखियो भने कार्यालयले बुधवार अदालतमा अभियोगपत्र दर्ता गर्ने छ। सङ्गठित अपराधमा प्रहरीले अनुसन्धानका लागि पाउने ६० दिनको म्याद बुधवारबाट सकिँदैछ। छानविन समितिका अनुसार ३३ केजी सुन सानु बम र सनम शाक्यबाट नै हराएको देखिएको छ।

सरकारले गठन गरेको छानबिन समितिले पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का सहित २८ जनलाई पक्राउ गरी कारबाही अगाडि बढाएको थियो। घटना संलग्नता देखिएका एसएसपी श्याम खत्री भने फरार रहेका छन्। एसएसपी खत्री २०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ केजी सुन प्रकरणमा पक्राउ परेका थिए। पछि उनले सफाई पाएका थिए। विमानस्थलका कर्मचारी र प्रहरीको मिलोमतोमा नै ३३ किलो सुन बाहिएको अनुसन्धानमा खुलेको छ।

सबैको एउटै बयानः ‘गोरेलाई चिनेका छौँ’

पक्राउ गरी छानबिन समितिले बयान लिएका सबैले सुन तस्करका मुख्य नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’लाई चिनेको बताएका छन्। गोरेसँग बेला बेलामा सम्पर्कसमेत हुने गरेको उनीहरूले स्वीकार गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। घटनामा तानिएका पूर्व डिआइजी गोविन्द निरौलाले भने आफ्नो साथीको छोरा भएकाले गोरेलाई राम्रोसित चिनेको बयान दिएका छन्।

‘सई संञ्जेलको ब्रिफिङले डुबायो’

प्रहरी नियन्त्रणमा रहेका डिएसपी प्रजित केसीले तल्लो तहका प्रहरीको ब्रिफिङका आधारमा आफू विराटनगर गएको बताएका छन्। गत शुक्रवार बयानका लागि मोरङ पुगेका डिएसपी केसीले आफूलाई मातहतका प्रहरीको ब्रिफिङले अफ्ठ्यारो पारेको बताएका छन्। केसीले आफूलाई आफ्नै मातहतमा रहेका सञ्जेलले दिएको ब्रिफिङ प्रहरी उपरीक्षक दिपेश लोहनीलाई बताएपछि आफूलाई घटनास्थल जान अनुमति दिइएको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ