आईपीएलमा बैंग्लोरविरुद्ध कोलकाता ६ विकेटले विजयी



१७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको बैङ्गलोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो ।

कोलाकातालाई जिताउन क्रिस लायनले नटआउट ६२ रनको योगदान गरे । ५२ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । लायन प्लेयर अफ दी म्याच बने ।

यसैगरी रोविन उथप्पाले ३६, सुनिल नराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे ।

बलिङतर्फ बैंग्लोरका मुर्गान आश्विन र मोहम्मद सिराजले २–२ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन बनाएका थिए । ४४ बल सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यसैगरी ब्रेण्डन म्याकुलमले ३८, एण्टोन डे ककले २९ र मन्दिप सिंहले १९ रन बनाए ।

बलिङतर्फ एन्ड्र्यू रसेलले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।