आईपीएलमा बैंग्लोरविरुद्ध कोलकाता ६ विकेटले विजयी



हाम्रो इकोनोमि

१७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ ।

पहिले ब्याटिङ गरेको बैङ्गलोरले कप्तान विराट कोहलीको नटआउट ६८ रनको मद्दतमा ४ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो ।

कोलाकातालाई जिताउन क्रिस लायनले नटआउट ६२ रनको योगदान गरे । ५२ बल सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । लायन प्लेयर अफ दी म्याच बने ।

यसैगरी रोविन उथप्पाले ३६, सुनिल नराइनले २७ र दिनेश कार्तिकले २३ रनको योगदान गरे ।

बलिङतर्फ बैंग्लोरका मुर्गान आश्विन र मोहम्मद सिराजले २–२ विकेट लिए ।

यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन बनाएका थिए । ४४ बल सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यसैगरी ब्रेण्डन म्याकुलमले ३८, एण्टोन डे ककले २९ र मन्दिप सिंहले १९ रन बनाए ।

बलिङतर्फ एन्ड्र्यू रसेलले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...