चिनीमा युरिया मल मिसाएर बेच्ने व्यापारीविरुद्ध मुद्दा दायर,यसरी चिनीमा युरिया मिसाएर बेचिन्छ



हाम्रो इकोनोमि

चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो।

पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता आइतबार भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए। मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट रु दुई लाख धरौटी मागिएको प्रशासनले जनाएको छ।

एक ग्राहकले गत चैत ३० गते खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राति पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो। शिलबन्दी पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते परीक्षणका लागि चिनीको नमूना संकलन गरेको छ।

खाद्य पदार्थमा अखाद्यवस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ। लामो समयदेखि जिल्लामा व्यवसाय गर्दै आएका पाण्डेले विभिन्न बहानामा ठगी गर्दै आएको गुनासो आउने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...