रामचन्द्रले ल्याङ्ग ल्याङ्ग गरे पछी देउवाले सारे बैठक,देउवालाई सुताउने यस्तो बन्यो योजना



हाम्रो इकोनोमि

सभापति शेरबहादुर देउवाले डाकेको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ। रिक्त पदाधिकारी चयनका लागि सोमबार बिहानलाई बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक आज बिहान ८ बजेका लागि बोलाएपछि नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि जाहेर गरेका थिए।

कांग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि चयन हुन सकेको छैन।

‘अहिले नेपाली कांग्रेसले यत्रो ठूलो हार व्यहोरेको छ र देशमा नेपाली कांग्रेसको अवस्था ज्यादै चुनौतिपूर्ण हुन पुगेको छ’, आइतबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी पौडेले असन्तुष्टि पोखेका थिए, ‘यो घडीमा पार्टीका सबैले आफ्नोआफ्नो जिम्मेवारी लिएर पार्टीलाई अब सच्याएर जाने भन्ने धारणा अनुसार आज (आइतबार) को बैठकमा हामीले खासै विरोध र बहिस्कारको कुरालाई अवलम्बन गरेनौं। तर, बैठक सकिँदा नसकिँदै तत्कालै सभापतिले निर्वाचित सदस्यहरुको बैठक छ, पदाधिकारीको चयन हुन्छ भनेर घोषणा गर्नुभयो। हामीले तत्काल त्यसको विरोध गर्यौं।’

कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले चयन गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ।

कांग्रेसमा निर्वाचित सदस्य ६४ जना छन्। त्यसमा झन्डै ४० जना आफू पक्षका नेता भएको देउवा पक्षको दाबी छ। त्यसैले सभापतिले चाहेको नेता पदाधिकारीमा चयन हुने अनुमान थियो।

प्रतिक्रिया दिनुहोस
कुन प्रदेशबाट कति छन रास्वपाका महाधिवेशन प्रतिनिधि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक...

एमाले उपाध्यक्ष पौडेललाई काठमाडौं ल्याइयो

    सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ...

एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...