भारतले जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको छ, ओलीले यस्तो दिए चेतावनी



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आकाशको अधिकार लिने र विमानहरु चल्ने बताएका छन् । भारतले अहिलेसम्म जमीनमा मात्रै होइन, आकाशमा पनि कञ्जुस्याइँ गरिरहेको बताए ।‘भारतले आकाशबाट एउटामात्रै बाटो दिएको छ, वीरगञ्जबाट सिमरा परेर त्यतैबाट निस्केर जानुपर्छ,’ आइतबार प्रदेश ५ को संसदमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतले हामीलाई रुट दिनुपर्छ । अस्ति मैले भारत भ्रमणमा जाँदा पनि यो कुरा भनेको छु ।’

 

प्रधानमन्त्री ओलीले भारततर्फ लक्षित गर्दै भने, ‘जमीनमा मात्रै होइन, आकाशमा पनि कुञ्जुस्याइँ गरिनु उपयुक्त हुँदैन । हामी यो रुट लिन्छौं, विमानस्थल चल्छ ।’नेपालले काठमाडौं बाहिर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरु बनाउँदैछ । पोखरा, भैरहवा र निजगढ विमानस्थल निर्माणका लागि प्रयासहरु भइरहेका छन् । तर, भैरहवा र निजगढ विमानस्थलमा उडान-अवतरणका लागि भारतले आफ्नो आकाशको इजाजत दिन कञ्जुस्याइँ गर्दै आएको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...