कांग्रेस नेता भण्डारीले माओवादीलाई दिए यस्तो दनक, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।विकासका लागि सबै दल एक भएर उभिनुपर्ने बताए । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना पुरा गर्न सबैको सहकार्य हुनुपर्ने बताए ।राजनीति भोट हाल्ने बेलामात्रै गर्न आग्रह गरे । नेपालमा सबै क्षेत्रमा राजनीति हुँदा अस्तब्यस्त बन्दै भएको भन्दै उनले अनाबश्यक रुपमा राजनीति नगर्न नागरिकलाइ आग्रह समेत गरे ।

‘यहाँ त माक्र्स कहाँ जन्मेका हुन्, माओ कहाँ जन्मेका हुन् ,लेलिन कहाँ जन्मेका हुन् भन्दै त्यसका निम्ती झगडा गरेर पार्टी मिल्छ की मिल्छकी भनेको मारमार हुन्छ’ कांग्रेस नेता भण्डारीले भने, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै छन् । यसरी नेपाल बन्छ ?लेलिन खोज्दै हिड्ने कि विकास गर्ने भन्दै उनले भने, ‘वीपीलाई खोज नेपालमा जन्मेका हुन्, मदनभण्डारी, किसुनजी, पुष्पलाल, गिरिजाप्रसादलाई खोज तब । पो समाज रुपान्तरण हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...