शी जिनपिङ र मोदीबीच वार्ता, यस्ता भए छलफल



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति शी जिनपिङसँग थुप्रै मुद्दामा कुराकानी गरेका छन् ।शी र मोदी बुहानमा शहरको इस्ट लेकमा गए । दुबै नेताले डुंगाको सवारी पनि गरे । समाचार एजेन्सी पीटीआईले भारतका विदेश सचिव विजय गोखलेलाई उदृत गर्दै भनेको छ, दुई नेताले आतंकवादलाई साझा खतरा बताएका छन् र यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता पनि जनाएका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदीले शीसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै केही जानकारी पनि दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति शी जिनपिङ र मैले आज विहान पनि विचार विमर्श जारी राख्यौं । वुहानको इस्ट लेकमा टहलिँदै गर्दाको केही तस्वीर । द्वीपक्षीय सम्वन्धका विभिन्न पक्षमा कुराकानी भएको छ ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘चियासँगै सार्थक चर्चा । भारत र चीनको बलियो मित्रता हाम्रो देशका मानिस र विश्वकै लागि फाइदाजनक छ ।’मोदीका अनुसार दुई देशको सहयोगका विभिन्न क्षेत्रबारे पनि कुराकानी भएको छ । कृषि, प्रविधि, उर्जा र पर्यटनको क्षेत्रबारे पनि दुई नेताबीच कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्