शी जिनपिङ र मोदीबीच वार्ता, यस्ता भए छलफल



हाम्रो इकोनोमि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति शी जिनपिङसँग थुप्रै मुद्दामा कुराकानी गरेका छन् ।शी र मोदी बुहानमा शहरको इस्ट लेकमा गए । दुबै नेताले डुंगाको सवारी पनि गरे । समाचार एजेन्सी पीटीआईले भारतका विदेश सचिव विजय गोखलेलाई उदृत गर्दै भनेको छ, दुई नेताले आतंकवादलाई साझा खतरा बताएका छन् र यसलाई रोक्न सहयोग बढाउने प्रतिवद्धता पनि जनाएका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदीले शीसँग भेटवार्ता गरेको तस्वीर ट्वीट गर्दै केही जानकारी पनि दिएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति शी जिनपिङ र मैले आज विहान पनि विचार विमर्श जारी राख्यौं । वुहानको इस्ट लेकमा टहलिँदै गर्दाको केही तस्वीर । द्वीपक्षीय सम्वन्धका विभिन्न पक्षमा कुराकानी भएको छ ।’

मोदीले अर्को ट्वीटमा लेखेका छन्, ‘चियासँगै सार्थक चर्चा । भारत र चीनको बलियो मित्रता हाम्रो देशका मानिस र विश्वकै लागि फाइदाजनक छ ।’मोदीका अनुसार दुई देशको सहयोगका विभिन्न क्षेत्रबारे पनि कुराकानी भएको छ । कृषि, प्रविधि, उर्जा र पर्यटनको क्षेत्रबारे पनि दुई नेताबीच कुराकानी भएको छ ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...