नेफा अध्यक्षमा फेरी प्रकाश सिंह कार्की सर्वसम्मत



हाम्रो इकोनोमि
वाणिज्यका साझेदार पारवहन व्यवसायीहरूको छाता सगंठन नेपाल फ्रेट फरर्वाडस सघं (नेफा)को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले  प्रकाश सिंह कार्कीको अध्यक्ष्तामा गठन गरिएको १४ सदस्य कार्यसमितिको कार्यकाल अवधि दुई वर्षको रहने छ ।
नेफाको नव गठित पदाधिकारीहरू, अध्यक्षमा प्रकाश सिंह कार्की त्यस्तै प्रथम उपाध्यक्ष मनोज अधिकारी , दितिय उपाध्यक्ष राजेन्द« संघौला , महासचिव सुन्दर प्रसाद दाहाल, कोषाध्यक्ष नरेश अग्रवाल, सचिव बलराम बञ्जारा र सह–कोषाध्यक्ष हरि प्रसाद ढकाल रहेका छन् । त्यस्तै कार्य समिति सदस्यहरूमा सीता अधिकारी, मनिषमान श्रेष्ठ, ईश्वर गुरुङग, सुजन कुमार न्यौपाने प्रनिल मान सिंह प्रधान र सह देव बञ्जारा लगायत सम्पूर्ण पदाधिकारीहरू र्नि्विरोध र्निवाचीत भएका छन् । त्यस्तै मनोनीत दुई सदस्यहरूमा गंगाराम पुडासैनी र गंगा बहादुर राया पर्ने सफल भएका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष कार्कीले पारवहन सरलीकरणबाटै व्यापार सहजीकरणहुंदै यस तर्फका व्यवसायीले खेप्दै आएको उच्च लागतको समस्या न्युनिकरणमा सहयोग पुग्ने बताएका छन् । साथै अउंदा दिनमा पारवहनका चुनौती सरलीकरणको लागि व्यावसायिक एकियवद्धताको समेत आवश्यक्ता रहेको प्रस्ट पारेका छन् । नेफा प्रति आजीवन निष्ठावान भई सम्पूर्ण जीवन पारवहन व्यवसायका लागि सर्मपीत गरेकोले आफ्नो शेषपछि नेपाल फ्रेट फरर्वाडस सघंको झन्डा ओढाएर बिदागर्न उपस्थित सम्पूर्ण फ्रेट व्यवसायीहरूमा उनले अनुरोध गरेका छन् ।
सोलुखुम्बु निवासी काँग्रेसका नेता प्रकाश सिंहको नेफामा यो दोस्रो कार्यकाल हो । उनी यस अघि पनि र्नि्विरोध निर्वा्चित हुन पुगेका थिए  । यस अघिको कार्यकालमा पारवहनलाई थप सहज बनाउन सुरु गरिएका विभिन्न प्रयास मध्ये खतराजन्य कार्गो ढुवानी सम्बन्धी सातदिने तालीम नेफाकै संयोजकत्वमा सम्पन्न भएको थियो ।
त्यस्तै नेपाल आउने ट्रान्जिट कार्गो ढुवानीलाई छिटो छरितो र झनझट रहित बनाउन इलेट्रोनिक कार्गो ट्रयाकिङग प्रणालीलाई र्कावान्यनमा ल्याउन गरिएका सहकार्य सहित हालै नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीले संयुक्त रुपामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभई हुने आयात÷निर्यात  कार्गोमा लाग्दै आएको कार्गो प्रबन्ध शुल्कमा भएको संशोधन  लगायतका क्रियाकलापले सम्पूर्ण फ्रेट व्यवसायी लाभान्वीतभई निर्यात व्यापारको लागत घटाउन नेफा सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...