आजै पदाधिकारी मनोनित गरेर बैठक सक्दा भाँडभैलो हुने ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक



हाम्रो इकोनोमि

नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। व्यस्तता भनिए पनि देउवालाई आजै बैठक सकेर पदाधिकारी नियुक्त गर्दा भद्रगोल हुने र बोली उत्तम साइत रहेको ज्योतिषीले सल्लाह दिए पछी आजको बैठक रोकेर भोलीका लागी बोलाईएको श्रोतले हाम्रो इकोनोमीलाई बतायो।

उनका अनुसार बैठक भोलि ९ बजे बस्ने गरी स्थगित गरिएको हो।

आज बिहान १० बजे पार्टी मुख्यालय सानेपामा शुरु भएको बैठकमा केही बेर अघि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले लन्च ब्रेक भएको जानकारी दिएका थिए। तर, लञ्च ब्रेकका लागि रोकिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए।

बिहान सुरु भएको १२ औं दिनको केन्द्रीय समितिमा विजयकुमार गच्छदारले आफ्नो भनाइ राखेका थिए।

बैठकमा गच्छदारले पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्दाको सहमतिका बुँदाहरु सम्झाएको पार्टीका प्रवक्ता शर्माले जानकारी दिए।

त्यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि बैठकमा आफ्नो धारणा प्रस्तुत गरेका छन्। पौडेलले अन्तर्घातीलाई कारबाही गर्नुपर्ने र गच्छदारलाई उचित ठाउँ दिनुपर्ने विषय उठाएका थिए।

पौडेलको धारणापछि ‘लन्च ब्रेक’ भएको बताइएको थियो। लन्च ब्रेकपछि पार्टीका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय समितिमा उठेका सवालहरुको जवाफ दिने तालिका रहेको थियो।

सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रतिवेदनमार्फत सम्बोधन गर्ने तयारी रहेको छ। प्रतिवेदनलाई अन्तिम रुप दिन नभ्याउँदा बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जनाए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...