प्रचण्ड संग बेजोड दोस्ती भएका गाउँपालिकाका अध्यक्षले चिनियाँ महिला संग मिलेर यसरी गरे सुन तस्करी



हाम्रो इकोनोमि

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलसँग मिलेर नेपालमा सुन तस्करी गर्ने एक चिनियाँ महिलालाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएको छ। पौडेल माओबादीका नेता समेत हुन् उनको प्रचण्ड संग बेजोडको दोस्ती छ। सुन्धारामा भब्य होटेल समेत चलाएका छन्।

तस्करीमा संलग्न ४० वर्षीया जेजोङलाई सिआइबीले बुधबार विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। चीनबाट नेपाल आउने क्रममा उनी पक्राउ परेकी हुन्। उनलाई ७ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजिरहेको थियो।

गत भदौ १४ गते सिआइबीले काठमाडौंको सामाखुसीबाट सिन्धुपाल्चोक भोटेकोसीका पेम्बा दोर्जेलाई पक्राउ गरेको थियो। सोही समूहका अन्य ६ जना धनुषाबाट एक केजी सुनसहित पक्राउ परेका थिए। थप ७ केजी सुन भने भारत पुगिसकेको खुलेको थियो।

सो सुन तस्करीका मुख्य नाइके भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको खुलेपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो। उनी धरौटीमा छुटिसकेका छन्।

पौडेलको समूहलाई चीनबाट उनै चिनियाँ महिलाले सुन पठाउने गरेको खुलेको थियो। उनको पासपोर्ट नम्बर पत्ता लगाई सिआइबीले अध्यागमनको कालोसूचीमा राखेको थियो। ७ महिनापछि नेपाल आएलगत्तै उनी पक्राउ परेकी हुन्।

प्रहरीले अनुसन्धान थालेलगत्तै फरार भएका पौडेल र उनका सहयोगी रमेश खड्का मंसिरको पहिलो साता अदालतमा उपस्थित भएर एकएक लाख रुपैयाँ धरौटीमा छुटेका थिए। मुद्दा जिल्ला अदालतमा अझै विचाराधीन छ।

संगठित रुपमा नै चिनियाँ समूहले नेपालमा केरुङ नाकाबाट सुन तस्करी गर्दै आएको थियो। पक्राउ परेकी चिनियाँ महिलामाथि अनुसन्धान जारी रहेकाले चिनियाँ गिरोहबारे थप खुल्न सक्ने सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...