आयल निगमले तेल चोरको मुखमा लगाईदियो यस्तो भोटे ताल्चा,चुहावट र मिसावट नियन्त्रण हुदै



हाम्रो इकोनोमि

नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरहरुमा लकिङ सिस्टम (टयांकरमा ताला) सुरु गरेको छ।

भारतबाट पेट्रोलियम पदार्थ ढुवानी क्रममा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्दै पेट्रोलियम व्यापारलाई स्वच्छ बनाउन यस्तो प्रणालीलाई सुरु गरिएको आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। लकिङ सिस्टम लागू भएपछि भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ भरिसके पछि ट्यांकरहरुमा विशेष किसिमको ताल्चा लगाएर ढुवानी गरिनेछ।

गोन्डामा लगाइएको ताला नेपालगन्जस्थित आयल निगमको डिपोमा मात्र खोल्न सकिने व्यवस्था मिलाइएको छ। गोन्डाबाट १ सय १२ वटा ट्यांकरहरुले पेट्रोलियम पदार्थ आयात गर्दै आएका छन्।

लकिङ सिस्टम लागू भएपछि ट्यांकर चालकहरुले बाटोमा तेल चोरी गर्ने, मिसावट गर्ने लगायतका बदमासीहरु नियन्त्रण हुने कार्यकारी निर्देशक भट्टराईले बताए।

निगमले लकिङ सिस्टम सिलगुढीबाट झापा आउने डिपोबाट सुरु गरेको हो। आगामी तीन महिनभित्र नेपालमा रहेका पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब १ हजार ८ सय ट्यांकरहरुमा यो सिस्टम लागू गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक भट्टराईले बताए।

लकिङ सिस्टम लागू भएपछि चोरी तथा चुहावट र मिसावट हुन नपाउने भएकाले उपभोक्ताले सही परिमाणमा र शुद्धता पाउनेछन्।

निगमको तथ्यांकअनुसार नेपालमा हाल प्रतिमहिना ४० हजार केएल परिमाणमा पेट्रोल र १ लाख ४० हजार केएल परिमाणमा डिजेल तथा २० हजार केएल हवाई इन्धनको खपत हुन्छ। नेपालमा खपत हुने सबै पेट्रोलियम पदार्थ ट्यांकरमार्फत आयत हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...