कांग्रेस मासेर पद जोगाउन देउवाले ५ जनालाई उपसभापती र १५० केन्द्रीय सदस्य थप्ने,बाबुरामलाई पनि निम्तो



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी जम्बो हुने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जम्बो पदाधिकारी मनोनित गर्ने तयारी गरिरहेको कांग्रेस निकट उच्च स्रोतले जनायो ।

तर यसको लागि अब बस्ने महासमिति बैठकबाट उनले विधान संशोधन गर्नेसम्मको तयारी थालेका छन् । १ जना बरिष्ठ उपसभापतिसहित ४ उपभासपति राख्ने देउवाको आन्तरिक तयारी रहेको छ । त्यस्तै उनले महामन्त्री पनि ४ जना राख्ने मनशाय बनाएका छन् । पदाधिकारीको लागि थुप्रै शीर्ष नेताहरु आकांक्षी देखिएपछि सभापति देउवाले उनीहरुको व्यवस्थापनका लागिपनि पदाधिकारी जम्बो बनाउन लागेका छन् ।

त्यस्तै सह–महामन्त्री पनि ७ जना राख्नेगरि देउवाले आफू निकटका नेताहरुसँग छलफल चलाएका छन् । छरिएर रहेका लोकतान्त्रिक शक्तिसँग एकता गर्ने भन्दै देउवाले केन्द्रिय समितिको सदस्य संख्या पनि बढाउने भएका छन् ।

देउवा निकटका नेता गोपालमान श्रेष्ठले जानकारी अनुसार कांग्रेस केन्द्रिय सदस्य अब १५० सम्मको राखिनेछ । ‘त्यसको लागि अहिले छलफल भैरहेको छ’ उनले भने ।

केन्द्रिय सदस्य संख्या किन बढाउनुपर्यो भनेर सोधिएको प्रश्नमा उनले भने,‘पार्टीमा विजय गच्छदारजी आउनुभएको छ, उहाँका नेताहरुलाई पनि व्यवस्थापन त गर्नुपर्यो नि, मोटामोटी सहमति भैसकेको छ, उहाँको लागि २० जना सदस्य रहनेगरि संख्या छुट्याईएको छ।’

स्रोतको अनुसार सभापति देउवाले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, राप्रपा नेताद्धय कमल थापा र पशुपति शमशेरलाईपनि एकताको लागि आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्