लुम्बिनी पुगेर लालबाबु पण्डितले भने-सपथ खाएको बिर्सने कर्मचारीलाई सोझै कोर्रा हानेर सम्झाउछु



हाम्रो इकोनोमि

संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी कुनै हालतमा जानैपर्ने बताएका छन्। राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए।

लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने स्पष्ट पारे।

‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाँउमा जानुपर्दछ,’ उनले भने, ‘होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...