लुम्बिनी पुगेर लालबाबु पण्डितले भने-सपथ खाएको बिर्सने कर्मचारीलाई सोझै कोर्रा हानेर सम्झाउछु



हाम्रो इकोनोमि

संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाँउमा राष्ट्रसेवक कर्मचारी कुनै हालतमा जानैपर्ने बताएका छन्। राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाँउमा पनि जान्छु भनेर सपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाँउमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए।

लुम्बिनी प्रेस क्लब भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने स्पष्ट पारे।

‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाँउमा जानुपर्दछ,’ उनले भने, ‘होइन भने जागिर छाडेर निजी जीवन बिताए हुन्छ।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...