ओलीले पेलेर तेल निकाल्न खोजे पछी प्रचण्डले बाबुराम संग गुहार मागे,गहभरी आँशु पार्दै भने अब एकता गर्दिन



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन खोजेपछि प्रचण्ड यतिवेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नजिकिएका छन् ।

माओवादी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले बैशाख ९ गते यता लगातार बाबुरामसँग भेटवार्ता गरिरहेका छन् । प्रचण्डले बाबुरामलाई उनकै निवासमा पुगेर भेटेको स्रोतको दाबी छ ।

पार्टी एकताको नाममा एमाले अध्यक्ष ओलीले आफूलाई गलाउन खोजेको गुनासो पोख्दै आगामी दिनमा मिलेर जानेगरि बाबुरामसँग प्रस्ताव गरेका छन् ।

प्रचण्डले एकताको लागि ५०/५० को अनुपातको अडान लिएका छन् । तर, ओली भने माओवादीसँग बराबरीको हैसियत दिएर एकता गर्ने पक्षमा छैनन् । ओलीको अभिव्यक्तिबाट झस्किएका प्रचण्ड यतिवेला बाबुरामको साथ र सहयोग आवश्यक महशुस गरेर भेट्न पुगेका छन् ।

यता पार्टी एकताको बिषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार निर्णायक छलफल हुने भएको छ ।

दुई कम्युनिष्ट पार्टीको एकता प्रक्रियामा गतिरोध उत्पन्न भइरहेको समयमा ओली र प्रचण्डबीच छलफल हुन लागेको हो । दुई अध्यक्षबीच शुक्रवार छलफलको तयारी भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । वार्ताको समय र स्थान भने तय भएको छैन ।

वैशाख ९ मा दुई पार्टीबीच एकता गर्ने भनिएपनि केही प्राविधिक विषयमा सहमति जुट्न नसकेपछि एकता प्रकृया परसेको नेताहरुले दाबी गरेका थिए ।
९ वैशाखको एकता टरेपछि दुई पार्टीका नेताहरुले परस्पर विपरितका अभिव्यक्ति दिने र एक अर्काप्रति घोचपेच समेत गर्ने गरेका छन् । कार्यकर्तालाई सकारात्मक सन्देश दिन दुई अध्यक्षले एक्ला एक्लै भेटवार्ताको तयारी गरेका हुन् ।

बिहीवार रौतहटको कार्यक्रममा प्रचण्डले शुक्रवारसम्ममा पार्टी एकताबारे कुनै निर्णयमा पुगिने बताएका थिए । मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष अ‍ेलीले पनि एकता बारे बोलेका थिए ।
‘सिमेन्ट, बालुवा र पानीको अनुपात नमिलाइ ढलाइ जम्दैन, त्यस्तै हामीपनि पार्टीको संगठनमा अनुपाति मिलाउने काम गरिरहेका छौं’ माओवादीसंग केन्द्रीय सदस्यको अनुपात मिल्न बाँकी रहेको संकेत गर्दै ओलीले भनेका थिए ।
सतहमा चुनाव चिन्ह, माओवादीको सशस्त्र ‘जनयुद्ध’ जस्ता प्राविधिक बिषय देखिएपनि एकताका लागि प्रचण्डले महाधिवेशनबाट अध्यक्षको सुनिश्चितता र संसदको यही कार्यकालको पछिल्लो दुई बर्ष प्रधानमन्त्रीको सुनिश्चितता खोजेको एमाले स्रोत बताउँछ ।

पार्टी एकता गर्ने भन्दै एमाले र माओवादीले गत २०७४ असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनावमा गएका थिए ।
बाबुरामले प्रचण्डको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै समाजवादी केन्द्र बनाएर अघि बढ्ने धारणा राखेका थिए । बाबुरामले पूरानै तरिकाबाट अब हिँड्न नहुने भन्दै प्रचण्डलाई पनि नयाँ तरिकाले अघि बढ्न सुझाएका थिए । र आज दुवै नेताले एकता नगर्ने निर्णय गर्ने श्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट २५ अर्बभन्दा बढीको क्षति

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक

नुवाकोटको शिवपुरीमा हायस दुर्घटना

     काठमाडौंबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ ।

झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२