गगनको चार पाटा मुड्ने गरी आफुलाई लागेका यी ६ आरोप खारेज गर्न देउवाले आज यसरी पड्काउने भए तोप



हाम्रो इकोनोमि

कांग्रेस सभापति शेरबहादुर देउवाले आज केन्द्रीय समितिमा उठेका सवालहरूको जवाफ दिने भएका छन्।

निर्वाचन समीक्षाका लागि चैत ९ बाट जारी केन्द्रीय समिति बैठकको आज १२ ‍औं दिन हो। पार्टी मुख्यालय सानेपामा केही बेरमा सुरु हुने बैठकको सुरुवातमा नेता विजय गच्छदारले बोल्नेछन्। हिजोको बैठकमा पनि गच्छदारले आफ्नो धारणा राखेका थिए। हिजो समय नपुगेकाले आज पनि गच्छदारले बाँकी धारणा राख्ने तयारी गरेका छन्।

त्यसपछि महामन्त्री शाशंक कोइरालाले आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

त्यसलगत्तै सभापति देउवाले केन्द्रीय समितिमा उठेका सवालको जवाफ दिनेछन्।

सभापतिमाथिका आरोप 

तीनै तहको निर्वाचनमा हार: कारण नेतृत्व
सभापति देउवाकै कारण निर्वाचनमा हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ। देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले  यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ। यसबारे उनको जवाफको प्रतीक्षामा छन् केन्द्रीय सदस्यहरू।

अन्तरघातीलाई कारबाही
के कारणले निर्वाचन हार्‍यो।? यसबारेमा कारण पत्ता लगाउन देउवाले जिल्ला गाउँ र नगर कमिटीलाई निर्देशन दिएका थिए। कतिपय जिल्लाबाट रिपोर्ट सानेपामा आइसकेको छ। देउवाले विभिन्न ठाउँमा पुगेर अन्तरघातीलाई कारबाही गर्ने बचन दिइसकेका छन्। यसबारे पनि जवाफ आउने आपेक्षा गरिएको छ।

महासमितिको बैठक
केन्द्रीय सदस्यहरूले चाँडै महासमितिको बैठक डाक्नसमेत सभापतिलाई आग्रह गरेका छन्। महासमितिमा विशेष महाधिवेशनको प्रस्ताव लैजान यस्तो आग्रह गरेका हुन्। निर्वाचनमा मात्र नभई विधानसम्मत सभापति नचलेको र भातृ संगठनहरुको बेहाल भएको भन्दै महासमिति माग गरिएको हो। यसबारेमा पनि देउवाको सम्बोधनको पर्खाइमा केन्द्रीय सदस्यहरू छन्।

अर्ली महाधिवेशन
नियमानुसार महाधिवेशनमा जाँदा ढिला हुने भएकाले ताजा मत लिनका लागि गगन थापालगायतका केन्द्रीय सदस्यहरूले अर्ली महाधिवेशनको माग गरेका छन्। यसका लागि विधान संशोधन गर्नुपर्ने हुन्छ। विधान संशोधन समिति गठन गरी यसबारे पनि सम्बोधन गर्नका लागि केन्द्रीय सदस्यहरूले दबाब दिएका छन्। यद्यपि पदाधिकारी थपका लागि विधान संशोधन समिति गठन गरे पनि अर्ली महाधिवेशनलाई भने देउवाले सम्बोधन नगर्ने एक केन्द्रीय सदस्यले बताए। संघीय संरचनामा जानेबारेका सबै विषय यही संशोधन समितिको जिम्मेवारीमा पर्नेछ।

पदाधिकारी मनोनयन
कांग्रेसको १३ औँ महाधिवेशन सकिएको दुई वर्ष भइसकेको छ। तर पनि पदाधिकारीले पूर्णता पाएको छैन। उपसभापति, एक महामन्त्री, सहमहामन्त्रीको पद अझै रिक्त रहेको छ। त्यसै गरी सदस्यहरू पनि किस्ताबन्दीमा नियुक्त हुँदै आएको छ। आज देउवाले यसबारेमा पनि सम्बोधन गर्ने अनुमान गरिएको छ।

सभापतिबाट राजीनामा!
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउन कांग्रेसका कतिपय नेताले देउवाको राजीनामाको माग गरेका थिए। नैतिक रूपमा उनको राजीनामा आउनुपर्ने जिकिर ती केन्द्रीय सदस्यहरूले गरेका थिए। विशेष गरी प्रकाशमान सिंह, डा. शेखर कोइराला, चन्द्र भण्डारीलगायतले सभापतिले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग गरेका थिए। यद्यपि उनीहरूले केन्द्रीय समितिमा यसबारे ठोस माग भने राखेनन्।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...