बिधान बिपरित चम्कियो अब गगन थापालाई चार पाटा मुडेर शहर घुमाउछु भन्दै यसरी जंगीए देउवा



हाम्रो इकोनोमि

गत चैत ९ गतेदेखि जारी रहेको नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सम्भवतः बिहिबार सकिँदैछ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक लम्बिएकाले सम्भवतः बिहिबार साँझसम्म सकिने बताएका छन् ।

सभापति शेरबहादुर देउवाले आफूविरुद्ध आक्रमक शैलीमा प्रस्तुत हुने नेताहरुलाई अनुशासनको कारबाही गर्ने सम्मको तयारी थालेका छन् । देउवा निकट एक नेताले भने,‘पार्टी नेतृत्वको विरुद्धमा जथाभावी बोल्नेलाई सभापतिले छोड्नुुहुन्न, उनीहरुलाई अनुशासनको कारबाही गरिन्छ।’

युवा नेता गगन थापाले मिडिया प्रोपागाण्डा मच्चाउनको लागि जे मन लाग्यो त्यही बोलेको भन्ने आरोप देउवा पक्षको छ । त्यस्तै देउवाले आफूविरुद्ध खनिने नेताहरु कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी लगायतका नेताहरुलाईपनि कडा चेतावनी दिएका छन् । देउवाले आफू निकटका नेताहरुसँग भन्ने गरेका छन्,‘यसरी पार्टी चल्दैन्, जथाभावी गर्ने र बोल्नेलाई कारबाही गरिन्छ।’

पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ । बैठक पर्सी सम्पन्न गर्ने सभापतिको चाहना छ । सोही अनुसार भोलि केही नेताहरुले बोल्ने बुझिएको छ । कांग्रेस निकट उच्च स्रोतले भन्यो,‘सम्भवतः बैठक आजै सकिन्छ, यदि आज सकिएन भने भोलि कुनै पनि हालतमा सकिने छ ।’

बिहिबारको बैठकमा पदाधिकारीहरुले समेत बोल्ने कार्यक्रम रहेकाले बैठक सम्भवतः बिहिबारै सकिने सम्भावना रहेको हो ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतले आफ्नो धारणा राख्नेछन् ।
चुनावी समीक्षा गर्न बसेको केन्द्रिय समिति बैठकमा आरोप प्रत्यारोप जारी रहेको छ । संस्थापन पक्ष हारको जिम्मेवारी एक्लै लिन तयार छैन भने रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष भने सभापतिले नै यसको जसअपजस लिनु पर्ने तर्क गरिरहेको छ ।

बिहिबारको बैठक बिहान १०ः३० बजेदेखि सुरु हुने कांग्रेसले जनाएको छ । यो बैठकमा पदाधिकारी चयनको विषयले प्रवेश नपाउने तर यो बैठक सकिए लगत्तै रिक्त पदाधिकारी चयन हुने छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...