एकता बिरोधी विदेशी शक्तिविरुद्ध लडन प्रचण्डको आह्वान, शुक्रबार एकताको अन्तिम रुप दिने तयारी



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।एमालेसँगको एकता प्रक्रिया लम्बिरहेको बेला प्रचण्डले एकता सफल पार्ने चुनौति रहेको धारणा राखे । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’

 

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने तयारी भइरहेको अध्यक्ष प्रचण्डले जानकारी दिए ।अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र सक्रिय रहेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ-आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आह्वान गरे ।

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा ढिलाइ गर्नु नहुनेमा जोड दिए । वाम एकता जनताको साझा सम्पति भएको उनको भनाइ थियो ।पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै प्रचण्डले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिस्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...