मदन भण्डारीले देखाएको बाटोबाटै साम्यवाद आउँछ भन्दै प्रधानमन्त्रीले क-कस्लाई हाने झटारो



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउने संकल्प दोहोर्याएका छन् । मंगलबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उदघाटन गर्दैै उनले सो संकल्प दोहोर्याएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान सञ्चालन गर्दै अघि बढने योजना पनि अघि सारे । प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा भ्रष्टाचार हुन नदिने पनि बताए । प्रधानमन्त्री ओलीले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन पनि आग्रह गरे ।

उनले सरकारको देशहित बाहेक अन्य कुनै उद्देश्य नरहेको समेत स्पष्ट पार्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा समेत गरे । प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको दाबी गर्दै भण्डारीको विचार सबैको साझा विचार भएको समेत बताए । उनले भण्डारीको विचारअनुसार अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...