कांग्रेसको बिधानमै नभएको यस्तो चीज मागेर देउवालाई डण्डा हाने गगनले,५१ पन्ने अर्ती पत्रमा के-के छ?



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आजको केन्द्रीय समितिमा आफ्नो धारणा पेश गर्दै अर्ली अधिवेशनको माग गरेका छन्।

५१ पन्ने लिखित सुझावको ४९ औं पन्नमा थापाले विधानअनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष लाग्ने भएकोले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण कांग्रेसको हालत खराब भएको उल्लेख गर्दै थापाले तत्काल महासमिति बैठक राखी त्यहीबाट विधान संशोधन गरी शीघ्र महाधिवेशनमा जानुपर्ने तर्क पेश गरे।

‘त्यसैले अहिलेको लागि उपयुक्त बाटो भनेको महासमिति सके लगत्तै शीघ्र १४ औं महाधिवेशनको तालिका बनाएर काम शुरु गर्नुपर्छ,’ शीघ्र महाधिवशेन शीर्षकको अन्त्यमा लेखिएको छ।

संघीयताअनुसार देशमा ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार बनिसक्दा पनि कांग्रेसले पुनर्संरचना नगरेकोले यसका लागि पनि महासमिति बैठकबाट विधान संशोधन गर्नुपर्ने थापाको सुझाव रहेको छ।

निर्वाचन समीक्षाका लागि कांग्रेस मुख्यालयमा चैत ९ देखि केन्द्रीय समितिमा बैठक जारी रहेको छ। आज नवौं दिनको बैठकमा युवा नेताहरुको नेतृत्व गरी थापाले सुझाव पेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...