कांग्रेसको बिधानमै नभएको यस्तो चीज मागेर देउवालाई डण्डा हाने गगनले,५१ पन्ने अर्ती पत्रमा के-के छ?



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आजको केन्द्रीय समितिमा आफ्नो धारणा पेश गर्दै अर्ली अधिवेशनको माग गरेका छन्।

५१ पन्ने लिखित सुझावको ४९ औं पन्नमा थापाले विधानअनुसार महाधिवेशनमा जाँदा थप दुई वर्ष लाग्ने भएकोले पार्टीलाई नवजीवन दिन शीघ्र महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीकै कारण कांग्रेसको हालत खराब भएको उल्लेख गर्दै थापाले तत्काल महासमिति बैठक राखी त्यहीबाट विधान संशोधन गरी शीघ्र महाधिवेशनमा जानुपर्ने तर्क पेश गरे।

‘त्यसैले अहिलेको लागि उपयुक्त बाटो भनेको महासमिति सके लगत्तै शीघ्र १४ औं महाधिवेशनको तालिका बनाएर काम शुरु गर्नुपर्छ,’ शीघ्र महाधिवशेन शीर्षकको अन्त्यमा लेखिएको छ।

संघीयताअनुसार देशमा ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार बनिसक्दा पनि कांग्रेसले पुनर्संरचना नगरेकोले यसका लागि पनि महासमिति बैठकबाट विधान संशोधन गर्नुपर्ने थापाको सुझाव रहेको छ।

निर्वाचन समीक्षाका लागि कांग्रेस मुख्यालयमा चैत ९ देखि केन्द्रीय समितिमा बैठक जारी रहेको छ। आज नवौं दिनको बैठकमा युवा नेताहरुको नेतृत्व गरी थापाले सुझाव पेश गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...