साना किसान बिकास बैंक ६८ जिल्लामा



हाम्रो इकोनोमि

साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।

विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैंकले चालू आवको असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी रु ६३ करोड पु¥याउने योजना छ ।

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ ।

बैंैकका उपकार्यकारी प्रमुख अधिकृत डा शिवराम कोइरालाले अहिलेसम्म करीब ७०० कृषि सहकारीमार्फत ग्रामीण बित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवं प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालीम उपलब्ध गराइएको बताउनुभयो ।

मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैैंकले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भिसा इन्टरनेशनलको तीन अवार्डद्वारा नबिल बैंक सम्मानित

    नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड...

नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथबीच साना तथा मझौला रणनीतिक साझेदारी

  = नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच...

१३ शाखामा नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार

  नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।...

आजका विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ...