प्रधानमन्त्री ओलीले अब फासीवाद होइन यहाँ जनवाद आउँछ भन्दै बिपक्षीलाई यस्तो दिए दनक



प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् ।गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फासीवाद आउने खतरा भयो भनिन्छ । फासीवाद होइन, यहाँ जनवाद आउँदैछ । फासीवाद होइन, समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’

उनले जनतालाई बलियो बनाउने र देशलाई समृद्ध बनाउने सरकारको उद्देश्य रहेको बताए । ‘अब नेपाली जनता बलियो हुन्छ, सत्ता बलियो हुने होइन । सत्ता त संविधानले नियन्त्रण गरेको हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।सबै जनताले लगाउन पाउने, बास बस्न पाउने, छोराछोरी पढाउन पाउने वातावरण बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०७२ सालको भुइँचालोले भत्काएको धरहराको जीर्ण ठुटोकै छेउमा उभिएर सम्बोधन गर्दै भने- मेरो धरहरा मै बनाउँछु । यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने, खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघिको नारा सम्झँदै भने- ‘मैले ०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।’

देश आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने बेलामा अब अल्मिलिने र पर्खिने समय नरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।’धरहरालाई अव्यवस्थित तरिकाले नभएर व्यवस्थित तरिकाले बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

२०७२ सालमा गएको महाभूकम्पको सम्झनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा धरहरा, रानीपोखरी लगायतका सम्पदाहरुको पुनर्निर्माण चाँडो हुनुपर्ने भन्दै प्रधानमन्त्रीले यसो भने-मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।

यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । अथवा मैले सक्ने अरु योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु । त्यसकारण मै बनाउँछु मेरो धरहरा ।तरिकासँगले हामी यहाँ भएका मान्छेहरुले थाल्ने हो भने धरहराको निर्माण कार्य अगाडि बढ्छ । तर, अव्यवस्थित ढंगले त्यत्तिकै थालेर हुँदैन, व्यवस्थित ढंगले थाल्नुपर्छ । म आग्रह गर्न चाहन्छु अब पुनर्निमार्णको कामलाई तीव्रता दिऔं ।

धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतकिो दिशामा तीब्रताका साथ लानु छ । भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्