मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित, गौतमले पल्टाए पासा



हाम्रो इकोनोमि

इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्‍यो ।

राजस्थानको ६ म्याचमा यो तेस्रो जित हो भने मुम्बईलाई पाँच म्याचमा चौथो हारको सामना गर्नुपरेको छ ।

राजस्थानको जितमा सन्जु सामसनले ५२ रनको शानदार अर्धशतक बनाए । यसैगरी बेन स्टोक्सले ४० र कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको पारी खेले ।

३९ बलको सामना गरेका सन्जु सामसनले चार चौका प्रहार गर्दा स्टोक्सले २७ बलमा तीन चौका र एक छक्का हाने । कृष्णप्पा गौतमले चार चौका र दुई छक्काको मद्दतमा ११ बलमा ३३ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए भने मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमानले एक-एक विकेट झारे ।

गौतमले पल्टाए पासा

कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको धमाकेदार पारी खेलेर रोमान्चक जित दिलाए । सन्जु सामसन र बेन स्टोक्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेपनि राजस्थान अन्तिम ओभरमा ब्याकफुटमा देखिएको थियो ।

गौतमले त्यतिबेला टिमलाई सम्हाले जतिबेला १७ बलमा ४३ रन आवश्यक थियो । तर, उनले नै म्याचको पासा पल्टाइदिए । उनले चार चौका र दुई छक्का प्रहार गर्दै टिमको स्कोर १९ ओभर ४ बलमा सात विकेटमा १६८ रनका लक्ष्यसम्म पुर्‍याए ।

गौतमले मुस्ताफिजुर रहमानको १८ औं ओभरको अन्तिम दुई बलमा छक्का र चौका लगाए । फेरि जसपि्रत बुमराहको अर्को ओभरमा पनि दुई चौका हाने । अब राजस्थानकालागि अन्तिम ओभरमा दस रन आवश्यक थियो । गौतमले हार्दिक पाण्ड्याको बलमा सुरुमा चौका र फेरि मिडविकेटमा छक्का प्रहार गरेर जित दिलाए ।

राजस्थानको खराब सुरुआत

१७८ रनको लक्ष्य पछ्याएको राजस्थानको सुरुआत भने राम्रो थिएन । ३८ रन बनाउँदा राजस्थानले दुई विकेट गुमाइसकेको थियो । त्यसपछि सन्जु सामसन र बेन स्टोक्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । म्याच त्यो समयमा रोमान्चक भयो की जसप्रित बुमराहले १६ ओभरको दोस्रो र तेस्रो बलमा लगातार दुई विकेट लिएर राजस्थानलाई हारको बाटोतर्फ धकेले । बुमराहले यस ओभरमा मात्र एक रन दिएर दुई विकेट चट्काएका थिए ।

तर, राजस्थानलाई अन्तिम दुई ओभरमा जितका लागि २८ रन चाहिएको बेला गौतमले ११ बलमा चार चौका र दुई छक्का हानेर राजस्थानलाई जिताएरै छाडे ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २५ रन दिएर २ विकेट लिए भने बुमराहले २८ रन दिएर २ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १६७ रसूर्यकुमार यादवले ७२ र इशान किसनले ५८ रन बनाए । सूर्यकुमार र किसनले दोस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए ।

यसैगरी किरन पोलार्डले अविजित २२ रन बनाए । इविन लुइस खाता खोल्न नपाइ आउट भए । उनलाई धवल कुलकर्णीले बोल्ड गरे । कप्तान रोहित शर्मा पनि खाता खोल्न नपाइ रनआउट भए ।

बलिङतर्फ आईपीएलमा डेब्यू गरेका राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यसैगरी धवल कुलकर्णीले ३२ रन दिएर दुई विकेट झारे भने जयदेव उनादकटले ३१ रन दिएर एक विकेट हात पारे

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...