बाबुरामको पार्टी रित्तियो,पूर्ब मन्त्री र राजदूत सहित १७५ एमालेमा प्रवेश,माओबादी बाट पनि भित्रीए



हाम्रो इकोनोमि

पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनको लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेर एमाले प्रवेश गरेको बताइन् । उनले २२ वर्षअघि आफू एमालेबाट माओवादीतर्फ लागेको भन्दै पुनः घर फर्किएको घोषणा गरिन् ।

उनले नयाँ शक्ति पार्टी सानो र प्रभावहीन भए पनि त्यसको नेतृत्व गरिरहेका बाबुराम भट्टराई प्रभावशाली नेता भएकाले उनलाई पनि एमालेमा ल्याउन पहल गर्न ओलीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...