बाबुरामको पार्टी रित्तियो,पूर्ब मन्त्री र राजदूत सहित १७५ एमालेमा प्रवेश,माओबादी बाट पनि भित्रीए



हाम्रो इकोनोमि

पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् ।

भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद सुकदैया चौधरीलगायत १७५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमाले प्रवेश गराएका थिए ।

पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनको लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेर एमाले प्रवेश गरेको बताइन् । उनले २२ वर्षअघि आफू एमालेबाट माओवादीतर्फ लागेको भन्दै पुनः घर फर्किएको घोषणा गरिन् ।

उनले नयाँ शक्ति पार्टी सानो र प्रभावहीन भए पनि त्यसको नेतृत्व गरिरहेका बाबुराम भट्टराई प्रभावशाली नेता भएकाले उनलाई पनि एमालेमा ल्याउन पहल गर्न ओलीलाई आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...