कांग्रेसलाई भित्तामा पुग्ने गरी ओलीले भने- गुलाबको फूल चिन्दै नचिन्नेले भुत्राको लभ गर्नू



हाम्रो इकोनोमि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माक्र्सवाद र लेलिनवादको विरोध गर्नु भनेको गुलाबको फूल कहिल्यै नदेख्नेले गुलाबको फूलै मन पर्दैन भनेजस्तो हुने बताएका छन् ।

माक्र्सवाद र लेलिनवादको ज्ञान नभएकाहरुले बुझ्दै नबुझी विरोध गर्ने गरेको प्रति व्यंग्य गर्दै ओलीले भने, ‘ कतिपयले भन्ने गर्छन्, माक्र्सवाद लेलिनवाद मन पर्र्दैन । गुलावको फूल कहिल्यै नदेख्नेले गुलावको फूल पर्दन भने जस्तै हो यो । जसले रसबरी कहिल्यै खाएको छैन उसले सरबरी मन पर्दैन भन्नुको अर्थ के हुन्छ ?’

आजको दिन लेलिनको जन्मजयन्ती समेत भएको स्मरण गर्दै ओलीले भने, ‘जसले देश विदेशमा ठूलो परिवर्तन गर्यो । विश्व राजनीतिक व्यवस्था र अर्थतन्त्रमा परिवर्तन ल्यायो । उहाँको जन्मदिन जन्मदिनको अवसरमा आदरभावका साथ सद्दासुमन अर्पण गर्दछु ।’

ओलीले ज्ञान भएकाहरुले माक्र्सबारे आदरभाव प्रकट गरेपनि अज्ञानीहरुले कडा आलोचना गर्ने गरेको समेत टिप्पणी गरे ।

‘इश्वरबारे तपाइँको धारणा के भन्दा आइन्सटाइना मैले इश्वर देखेको छैन । थाहा पनि छैन । यदी इश्वर हुन्छ भने काल्र्समाक्सलाई खोज्न लगाउने कि भनेर भन्थे रे’ उनले ठट्यौली शैलीमा अगाडि भने, ‘ आइन्सटाइनले पढेका थिए, काल्र्समाक्सबारे थाहा पाए । नपढेकाले थाहा पाएनन् । नपढेकाले मान्दिन भन्छन् ।’

उनले लेखिन र माक्सवादको सिद्दान्तहरु व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...