काम छैन बुहारी पोख्दै उठाउदै भने झैँ पुरानै ब्यानर राखेर कम्युनिस्ट पार्टी स्थापना दिवस कार्यक्रम शुरु



हाम्रो इकोनोमि

लेनिन जयन्ती तथा कम्युनिष्ट पार्टी स्थापना दिवसको कार्यक्रम पुरानै ब्यानर राखेर सञ्चालन गर्ने तयारी भएको छ। मञ्चमा राखिएको ब्यानरमा कार्ल मार्क्स र लेनिनको फोटो नभएको भन्दै नाराबाजी सुरु भएपछि कार्यक्रम शुरु हुनै लाग्दा उक्त ब्यानर निकालिएको थियो।

विवादपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पुरानै ब्यानर राख्ने र मञ्चमा लेनिन र मार्क्सको फोटो राख्ने सहमति भएको छ। त्यसैगरी दुई अध्यक्षबीच पुरानो ब्यानरको दुईतिर लेनिन र मार्क्स अंकित नयाँ ब्यानर राख्ने सहमति भएपछि कार्यक्रम सुरु हुने भएको छ।

पार्टी एकताको मितिका रुपमा हेरिएको वैशाख ९ को यो कार्यक्रममा एकताबारे कुनै निर्णय नभए पनि नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताको संदेश दिने तयारी रहेको छ।

एकताको सन्देश दिने कार्यक्रमको शुरुमै ठूलो संख्यामा रहेका कार्यकर्ताहरु मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए। १२ बजे सुरु हुने भने पनि ४ बज्न लाग्दा बल्ल कार्यक्रम सुरु हुन लागेको छ।

ब्यानरमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल, जनताको बहुदलीय जनवादका प्रवर्तक मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीसँग ओली र प्रचण्डको फोटो छ। ब्यानरमा मार्क्स र लेनिनको नभएको भन्दै कार्यकर्ता आक्रोशित भएका थिए। लेनिन जयन्तीमा आयोजित कार्यक्रममा लेनिनकै तस्बिर नहुनुमा आपत्ती जनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...