प्रचण्डले ओलीको फर्मान तोड्न नेतालाई उकासे,एमाले बिरुद्द माओबादीको नाराबाजी



हाम्रो इकोनोमि

पार्टी एकताको घोषणा नभएपनि एमाले–माओवादी केन्द्रले पार्टी स्थापना दिवसको आयोजना गरेको संयुक्त कार्यक्रममा एमालेको मनोमानी भएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले नारावाजी सुरु गरेका छन्।

कार्यक्रमका लागि तयार गरिएको ब्यानरमा एमाले दिवंगत नेताहरुको मात्र तस्वीर राखिएपछि एकपक्षीय भएको भन्दै कार्यक्रम स्थल पुगेका माओवादी कार्यकर्ता र समर्थकहरुले हुटिङ गरेका हुन्। कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।

ब्यानरको माथिल्लो पंक्तिमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको तस्वीर छ। एमालेले आफ्नो ब्यानरमा यही तस्वीर प्रयोग गर्दै आएको छ।

सो ब्यानरको तल्लो पंक्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको छ। दुबै अध्यक्ष आजको कार्यक्रमको संयुक्त बक्ताका रुपमा रहेका छन्।

माओवादी कार्यकर्ता तथा समर्थकहरुले संयुक्त कार्यक्रममा एमालेका नेताहरुको मात्र तस्वीर राखिएकोप्रति आपत्ति जनाएका हुन्। उनीहरुको अवरोधका कारण दिउसो १२ बजेदेखि हुने भनिएको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...