प्रचण्डले ओलीको फर्मान तोड्न नेतालाई उकासे,एमाले बिरुद्द माओबादीको नाराबाजी



हाम्रो इकोनोमि

पार्टी एकताको घोषणा नभएपनि एमाले–माओवादी केन्द्रले पार्टी स्थापना दिवसको आयोजना गरेको संयुक्त कार्यक्रममा एमालेको मनोमानी भएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले नारावाजी सुरु गरेका छन्।

कार्यक्रमका लागि तयार गरिएको ब्यानरमा एमाले दिवंगत नेताहरुको मात्र तस्वीर राखिएपछि एकपक्षीय भएको भन्दै कार्यक्रम स्थल पुगेका माओवादी कार्यकर्ता र समर्थकहरुले हुटिङ गरेका हुन्। कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।

ब्यानरको माथिल्लो पंक्तिमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत एमालेका दिबंगत अध्यक्ष मनमोहन अधिकारी र महासचिव मदन भण्डारीको तस्वीर छ। एमालेले आफ्नो ब्यानरमा यही तस्वीर प्रयोग गर्दै आएको छ।

सो ब्यानरको तल्लो पंक्तिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको छ। दुबै अध्यक्ष आजको कार्यक्रमको संयुक्त बक्ताका रुपमा रहेका छन्।

माओवादी कार्यकर्ता तथा समर्थकहरुले संयुक्त कार्यक्रममा एमालेका नेताहरुको मात्र तस्वीर राखिएकोप्रति आपत्ति जनाएका हुन्। उनीहरुको अवरोधका कारण दिउसो १२ बजेदेखि हुने भनिएको कार्यक्रम अहिलेसम्म सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...