राजधानीमा घर हुने सांसदले १८ हजारमा र्याल काढे,ओली देखी देउवा सम्म र बिनोद चौधरी सम्मले जात फाले



हाम्रो इकोनोमि

संघीय संसद सचिवालयले काठमाडौं उपत्यकाभित्र घर हुने सांसदहरुको विवरण मागेको छ । काठमाडौं, ललितपुर र भक्तपुरभित्र घर हुने सांसदलाई आफ्नो घर भए सोको विवरण उपलव्ध गराउन सचिवालयले आग्रह गरेको हो ।

सचिवालयले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदलाई आवास सुबिधा बापत महिनामा १८ हजार रुपैयाँ उपलव्ध गराउने ऐनमा व्यवस्था छ । यद्यपि, काठमाडौंमा घर भएका सांसदहरुले समेत सो रकम लिएको विवरण सार्वजनिक भएपछि घर हुने सांसदको विवरण मागिएको हो ।
संसद सचिवालयले पहिलो चरणमा सबै सांसदलाई आवास सुबिधा बापत १८ हजार रुपैयाँ उपलव्ध गराइसकेको छ । तर काठमाडौंमा घर हुने माननीयहरुको विवरण सचिवालयमा आइसकेपछि साउनसम्म हिसाब मिलान गरिने सचिवालय स्रोतले जनाएको छ । घर हुने सांसदहरुले आवास सुबिधा नपाउने सचिवालयका अधिकारीले बताए ।

काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चका रुपमा ९ हजार रुपैयाँ उपलव्ध गराइने र घर नहुने सांसदले भने डेरा भाडा बापत मासिक १८ हजार रुपैयाँ पाउनेछन् । काठमाडौंमा सांसदका लागि १८ हजार रुपैयाँ घरभाडा भने पर्याप्त नरहेको गुनासो घर नहुने सांसदहरुको छ ।
काठमाडौंमा घर हुने सांसदहरुको संख्या कति भनेर अहिलेसम्म पूरा विवरण आएको छैन । सचिवालयले सांसदहरुलाई घरको विवरण स्वेच्छिक रुपमा उपलव्ध गराउन आग्रह गरेको छ । स्रोतका अनुसार कम्तिमा ४० प्रतिशत सांसदको घर काठमाडौंमा पनि छ । कांग्रेस सभापति शेर बहादुर देउवा एमाले अध्यक्ष केपी ओली माधव नेपाल झलनाथ खनाल सहितका नेताले समेत घरभाडा बापतको रकम लिएका छन्।

हामीले चुनेर पठाएका नेता र सांसदहरुमा थोरै पनि नैतिकता भेटिएन् । यस्ता सांसद र नेताहरुबाट ठूला आशा र अपेक्षा राख्नु नै बेकार हुने देखिदैछ । प्रंसग हो सांसदहरुको घरभाडा सुविधाको । काठमाडौंमा घर भएका सांसदहरुले समेत राजधानीमै मेरो घर छ म यो सुविधा लिन्न भनेको देखिएन,भेटिएन । मासिक घरभाडा सुविधा वापतको १८ हजार रकम लाजै पचाएर सो रकम लिइरहेको देखिएको छ ।
। काठमाडौंमा संघीय संसदका आधाजसो सांसदको आफ्नै घर छ । तर, पनि उनीहरुले राज्यबाट आवासको सुविधा भन्दै मासिक १८ हजार बुझ्न लाज लागेन । यसरी पैसा बुझ्ने्मा अर्वपति विनोद चौधरीले समेत छन् । अहिले विश्वकै धनी व्यक्तिको सूचीमा रहेका विनोद चौधरीले डेरा सुविधा वापतको १८ हजार बुझेको भेटिएको छ । गत फागुन २१ गते सपथ लिएका सांसदहरुले त्यो महिनाको सेवा सुविधा दिनगन्तीका आधारमा पाएका छन् । चैतबाट भने बैंक खातामा एकमुष्ट जम्मा हुन्छ ।

भन्छन नि धनदेखे पछि महादेवको पनि तीन नेत्र । विश्वकै अर्वपतिको सूचीमा दरिएका विनोद चौधरीले नैतिकता देखाएनन् १८ हजार सुविधाका लागि । उनीजस्तै धेरै सांसदहरुले राजधानीमै घर भएर पनि लाजै पचाएर मासिक १८ हजार घर भाडा भन्दै बुझिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...