घुसको रकम भागबन्डामा कर्मचारी बीच हानाहान भएको अड्डामा लालबाबु पण्डितले यसरी मारे छापा



हाम्रो इकोनोमि

डिल्लीबजार मलपोत कार्यालयमा संघिय मामिला तथा सामान्य प्रशाशन मन्त्री लाल बाबु पण्डितले छड्के हानेका छन्। १० बजेर १५ जादा त्यहाँ पुगेका मन्त्री पण्डित त्यहाँ पुग्दा केही कर्मचारी मात्र उपस्थित थिए।

 

अधिकृत स्तरका १५ कर्मचारी उपस्थित नभए पछी मन्त्री पण्डितले हाजिरी खातामा रातो लगाईदिएका छन्। मालपोतका लेखा अधिकृत समेत अनुपस्थित भएको र मन्त्रीले कहाँ कहाँको सरकारी जग्गाको अवस्था कस्तो छ भन्ने बिषयमा जानकारी लिएका छन्।मन्त्री पण्डितले प्रत्येक कोठा-कोठाको निरीक्षण गरेका छन्। केही दिन पहिले सोही मालपोतका २ कर्मचारी बीच घुसको रकम भागबन्डामा कुटाकुट भएको थियो।मन्त्रालयका सह सचिब रुद्र तामांग सहितको टोली लिएर पुगेका मन्त्री पण्डितले उपस्थित कर्मचारीलाई कडा निर्देशन समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...