एमाले–माओवादीबीच एकता नहोस् भन्दै दक्षिणकालीमा कालो बोका भाकल गरेको यसरी भयो खुलासा



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा अायाेजित एक कार्यक्रममा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।
भोलि बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो र अहिलेपनि उहाँ दृढ नै हुनुहुन्छ, देशको स्वाभिमान उँचो बनाउनुभयो’ उनले भने,‘उहाँको कामको विरोध गर्नेहरुभन्दा प्रशंसा गर्ने धेरै छन्।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...