एमाले–माओवादीबीच एकता नहोस् भन्दै दक्षिणकालीमा कालो बोका भाकल गरेको यसरी भयो खुलासा



हाम्रो इकोनोमि

नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा अायाेजित एक कार्यक्रममा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।
भोलि बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए ।

फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो र अहिलेपनि उहाँ दृढ नै हुनुहुन्छ, देशको स्वाभिमान उँचो बनाउनुभयो’ उनले भने,‘उहाँको कामको विरोध गर्नेहरुभन्दा प्रशंसा गर्ने धेरै छन्।’

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...