शेरबहादुर संग रामचन्द मिले,मधेशको मसिहा भन्ने बिमलेन्द्र निधीलाई यसरी निले



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलि विहान ११ बजेबाट सुरु हुँदैछ । उक्त बैठकले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा गम्भिर समिक्षा गर्नुको साथसाथै रिक्त रहेका पदाधिकारीहरुको समेत मनोनित गर्ने बुझिएको छ ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्ने तयारी समेत अघि बढाईसकेका छन् । सूत्रहरुले दिएको जानकारी अनुसार सके भोलि नै पदाधिकारी मनोनयनको प्रस्ताव देउवाले पेश गर्नेछन् । यदि केही दिन ढिलाई भएपनि उनले चाँडै पदाधिकारी मनोनित गर्ने कांग्रेस नेताहरुको दाबी छ ।

देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई नै मनोनित गर्ने तयारी थालेका छन् । अर्का नेता विमलेन्द्र निधिपनि उपसभापतिका दाबेदार हुन् । तर, सभापति देउवाले निधिलाई पत्याउने सम्भावना धेरै कम छ । निधिभन्दा गच्छदार नै आफूप्रति लोयल पाएका देउवाले उक्त निर्णय गराउन बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ र सहयोग पाईसकेका छन् ।

स्रोतको दाबी अनुसार नेता पौडेललेपनि गच्छदारलाई नै उपभासपति बनाउनुपर्ने अडान लिएका छन् । यसरी हेर्दा अब उपसभापतिमा निधि नभएर गच्छदार नै बन्ने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...