शेरबहादुर संग रामचन्द मिले,मधेशको मसिहा भन्ने बिमलेन्द्र निधीलाई यसरी निले



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलि विहान ११ बजेबाट सुरु हुँदैछ । उक्त बैठकले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा गम्भिर समिक्षा गर्नुको साथसाथै रिक्त रहेका पदाधिकारीहरुको समेत मनोनित गर्ने बुझिएको छ ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्त गर्ने तयारी समेत अघि बढाईसकेका छन् । सूत्रहरुले दिएको जानकारी अनुसार सके भोलि नै पदाधिकारी मनोनयनको प्रस्ताव देउवाले पेश गर्नेछन् । यदि केही दिन ढिलाई भएपनि उनले चाँडै पदाधिकारी मनोनित गर्ने कांग्रेस नेताहरुको दाबी छ ।

देउवाले उपसभापतिमा विजयकुमार गच्छदारलाई नै मनोनित गर्ने तयारी थालेका छन् । अर्का नेता विमलेन्द्र निधिपनि उपसभापतिका दाबेदार हुन् । तर, सभापति देउवाले निधिलाई पत्याउने सम्भावना धेरै कम छ । निधिभन्दा गच्छदार नै आफूप्रति लोयल पाएका देउवाले उक्त निर्णय गराउन बरिष्ठ नेता रामचन्द्र पौडेलको पनि साथ र सहयोग पाईसकेका छन् ।

स्रोतको दाबी अनुसार नेता पौडेललेपनि गच्छदारलाई नै उपभासपति बनाउनुपर्ने अडान लिएका छन् । यसरी हेर्दा अब उपसभापतिमा निधि नभएर गच्छदार नै बन्ने सम्भावना प्रबल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...